कार्तिक ८, गाेरखा ।
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं.८ मा खाना पकाउने ग्यास लिक भएर अागलागी हुँदा एकै घरका २ जना गम्भीर भएका छन् ।
अाज करीब ७ः४५ बजेकाे समयमा घरमा खाना पकाउने क्रममा एक्कासी अागाे लाग्दा पालुङटार ८ गाैलीटारका धन बहादुर बि.क. र निजकाे श्रीमती चिजामाया बि.क. दुवै जना घाइते भएकाे र घाइते दुवै जनालाइ गण्डकी मेडिकल कलेज पाेखरा लगिएकाे स्थानीय निशान पाठकले जानकारी दिनुभयाे ।
ग्यास बाल्नेबित्तिकै अागाे लाग्दा श्रीमती गम्भिर रूपमा घाइते भएकाे र घरकाे काेठामा रहेका लत्ता कपडा, माेवाइल तथा सम्पूर्ण सामग्रीहरू नष्ट भएकाे छ । स्थानीयकाे पहलमा अागाे नियन्त्रणमा लिइएकाे कारण घरकाे माथिल्लाे तलासम्म भने क्षति हुन पाएकाे छैन ।
दुवै जना घाइते भएका कारण क्षतिकाे बारेमा यकिन जानकारी प्राप्त हुन सकेकाे छैन ।