मंसिर ४ मा गाेरखा २ ले प्रधानमन्त्री तथा मुख्यमन्त्री काे समेत निर्वाचन गर्दै

गाेरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक समृद्धि अभियान थाल्न आफू गोरखा आएको बताउनुभएकाे छ ।

पालुङटार ७ स्थित च्याङली बरूवाटारमा आयोजित कार्यकर्तासँगको भेटघाटका क्रममा आइतवार बोल्दै उहांले यस्तो बताउनुभएकाे हाे ।

‘अहिले संविधान पनि बनेको छ। स्थिरता र विकासतिर जाने पनि भनियो। तर संविधानमा हस्ताक्षर गरेका केही नेताहरुले च्यात्न खोजे, महिला र जनताको मौलिक अधिकार उल्ट्याउन खोजे’, उनले भने, ‘हामी स्थानीय तह निर्वाचनबाट प्रतिगमनितर लैजान खोज्नेलाई परास्त गर्यौँ। अहिले फेरि संविधान च्यात्न खोज्नेहरुको गठबन्धन बनेको छ। हिजोका दलाल सामान्त र दलालहरु छन् त्यहाँ ।देश टुक्राउन खोज्ने पनि त्यहाँ छन्। उनीहरुलाई फेरि परास्त गर्नुछ।’

उनले देशको आर्थिक समृद्धि अभियान थाल्न डा. बाबुराम भट्टराईसहितले गोरखा आउनुपर्छ भनेकाले आफू आएको बताउनुभयाे।

‘बाबुरामजी र हामी सबैले देशको राजनीतिक परिवर्तन बचाउने हो यसलाई सुदृढ गर्ने हो भने आर्थिक क्रान्ति हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ। विकास निर्माण र समृद्धिको नयाँ आर्थिक अभियान थाल्न यहाँ आएको हुँ’, उहांले भन्नुभयाे । ‘राजनीतिक क्रान्तिको अभियान पनि गोरखाबाट सुरु गरेका थियौँ। आर्थिक अभियान पनि गोरखाबाटै थाल्न आएको हुँ।’

उहाले शनिबार र आइतवार धुलै धुलोको बाटोमा हिँडेर आफूले ४० वढी कार्यक्रम भ्याएको पनि बताउनुभएकाे छ ।

‘हामी पाँच वर्षअघि चितवनमा धुलैधुलोको बाटो हिँडेका थियौँ। आज गोरखामा आउँदा पनि धुलै धुलो रहेछ’, उनले भने, ‘पाँच वर्षअघि चितवनमा पनि धुलो थियो, अहिले पिचैपिच छ। गोरखाको यो धुलो पनि हटाएर पिचैपिच बनाउने छौँ। विकास र समृद्धिको नयाँ यात्रा थाल्न पाउँदा गर्व लागेको छ।’                                                                कार्यक्रममा बाेल्दै उहाँले गठबन्धनका यस क्षेत्रका मतदाताले प्रधानमन्त्री, मुख्यमन्त्री समेतकाे निर्वाचनमा भाेटिङ गर्न लागेकाे समेत बताउनुभयो ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.