गाेरखा । गणतन्त्र नेपालमा प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनतालाइ भेटघाट गर्न गाेरखाका विभिन्न गाउँमा पुग्ने भएका छन् ।
प्रचण्ड कार्तिक १२ र १३ गते बारपाक सुलिकाेट, अजिरकाेट, सिरान्चाेक, पालुङ्टार क्षेत्रका जनतासँग भेटघाट गर्ने भएका हुन् ।
प्रचण्डले आफ्नाे निर्वाचन क्षेत्र रहेकाे बारपाक सुलिकाेट देखि पालुङ्टार क्षेत्र सम्मका नागरिकहरुसँग भेटघाट गर्ने भएका हुन् । उनी घ्याम्पेसालबाट प्रवेश गरी नयाँपुल निस्कने कार्यक्रम रहेकाे नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेता लेख बहादुर थापाले बताए ।