गाेरखा
बिजया दशमीकाे अबसरमा पालुङटार नगरपालिका वडा नं ८ स्थित मिलन टाेलबिकास संस्थाले महानवमीका दिन अायाेजना गरेकाे भलिबल प्रतियोगितामा अायाेजक मिलन टाेल प्रथम भएकाे छ ।
टाेल बिकास संस्थाका अध्यक्ष इच्छाकाजी श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियाेगितामा वडा नं ८ का वडाध्यक्ष हाेप बहादुर नेपालीले प्रमुख अतिथिकाे रूपमा उदघाटन गर्नुभएकाे थियाे ।
पालुङटार ८ काे रेडमड ईङलिस बाेर्डङ स्कुलकाे प्राङ्गणमा कार्यक्रम सञ्चालन भएकाे थियाे ।
भलिबल प्रतियाेगितामा प्रथम हुने मिलनटाेल ले बाेका र प्रमाणपत्र प्राप्त गरेकाे छ । त्यस्तै दाेश्राे हुने सागछर्ने टाेल ले नगद रू.७००० र प्रमाणपत्र प्राप्त गरेकाे छ । प्रतियोगितामा वडा नं ८ भित्रका ७ टिमकाे सहभागिता रहेकाे थियाे ।
साेही अबसरमा बालबालिकाहरूकाे बेलुन फुटाई, अभिभावकहरूका लागि घैंटाे फुटाई, भाले छाेपाई सहित बिबिध सांस्कृतिक कार्यक्रम समेत अायाेजना गरिएकाे थियोे । रामचन्द्र अाेलियाले घैंटाे फुटाएका थिए भने कल्याण अालेले भाले छाेपेका थिए ।