गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ निवासी समाजसेवी जनक भट्टकाे पहलमा दशैंकाे समयमा अावत जावत गर्नेहरूका लागि सहज हाेस भन्ने उदेश्यले झाेलुङ्गे पुलबाट बाइक तार्ने व्यवस्था मिलाउनुभएकाे छ ।
भट्टले धेरै दिनदेखिकाे निरन्तर प्रयास र अाफ्नै लगानीमा नारिनचाैर पालुङटार जाेडने पुलकाे दुवै तर्फ स्ल्याब राखेर बाइक तार्न सकिने व्यवस्था मिलाएकाे बताउनुभएकाे छ । दशैंकाे समयमा अाउने पाउनाहरूकाे लागि सहज हाेस भन्ने उदेश्यका साथ साे कार्य गरेकाे उहाँले बताउनुभयाे । दशैं भरि मात्र नभइ अरू समयमा पनि अावत जावत गर्नकाे लागि सहज हुने भएकाले उक्त कार्य गरिएकाे बताउनुभएकाे छ ।
पुलकाे दुवै भागमा स्ल्याब राखेर तयार गरी पहिलाेपटक अाफैले बाइक तारेकाे उहँाले बताउनुभयाे ।
स्ल्याब राख्ने लगायतका काम गर्ने क्रममा करीब २० हजार खर्च भएकाे भट्टले बताउनुभयाे ।
भट्ट पालुङटार ७ च्याङली खत्रीटार निवासी हुनुहुन्छ । उहाँ समाजसेवाकाे क्षेत्रमा बिगतदेखि नै कार्य गर्दै अाइरहनुभएकाे छ । समाजसेवा गर्न पाउँदा अाफूलाइ अानन्द अाउने भएकाले सदैव समाजसेवा गरिरहने उहँा बताउनुहुन्छ ।
समाजसेवी भट्टसहित सम्पूर्णमा बडा दशैं २०७९ काे हार्दिक मंगलमय शुभकामना ।