बडादशैंमा भलिबल प्रतियोगिता

बिजया दशमीकाे अबसरमा पालुङटार नगरपालिका वडा नं ८ स्थित मिलन टाेलबिकास संस्थाले अायाेजना गरेकाे भलिबल प्रतियोगिताकाे फाईनल खृल भाेलि बिहान ७ बजे अायाेजक मिलनटाेल र सागछर्ने टाेल बिकासबीच हुने भएकाे छ ।
टाेल बिकास संस्थाका अध्यक्ष इचछाकाजी श्रेष्ठको सभापतित्वमा  सम्पन्न प्रतियाेगितामा वडा नं ८ का वडाध्यक्ष हाेप बहादुर नेपालीले प्रमुख अतिथिकाे रूपमा उदघाटन गर्नुभएकाे थियाे ।
पालुङटार ८ काे रेडमड ईङलिस बाेर्डङ स्कुलकाे प्राङ्गणमा कार्यक्रम सञ्चालन भएकाे थियाे ।
भलिबल प्रतियाेगितामा प्रथम हुनेले बाेका र प्रमाणपत्र प्राप्त गर्नेछन ।  त्यस्तै दाेश्राे हुनेले नगद रू.५००० र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा वडा नं ८ भित्रका ७ टिमकाे सहभागिता रहेकाे थियाे ।
साेही अबसरमा बालबालिकाहरूकाे बेलुन फुटाई, अभिभावकहरूका लागि घैंटाे फुटाई, भाले छाेपाई सहित बिबिध सांस्कृतिक कार्यक्रम समेत अायाेजना गरिएकाे थियोे ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.