विश्व आत्महत्या रोकथाम दिवसकाे भएको नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा विवेचना देवकोटा प्रथम

“आशा जगाऔं, जीवन बचाऔं ” भन्ने मुल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवसकाे अवसरमा पालुङटार नगरपालिकामा भएको नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर ज्योती जनता माध्यमिक विद्यालयकी विवेचना देवकोटा प्रथम भएकी छन् । उनले नगद ४ हजार र प्रमाण पत्र प्राप्त गरेकि छन् ।

“आत्महत्या रोकथाममा विद्यार्थीको भूमिका“ विषयक प्रतियोगितामा नगरपालिका भित्रका ८ माध्यमिक बिद्यालयका विद्यार्थी सहभागी भएका थिए । त्यस्तै प्रतियोगितामा युनाइटेड इङलिस बोडिङ स्कुलकी शन्ध्या घिमिरे द्धितिय भएकि छन्, उनले नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेकी छन् । प्रतियोगिताको तृतिय स्थान बालज्योती इङलिस बोडिङ स्कुलका रोनिश रानाभाट भए, उनले नगद २ हजार साथै प्रमाणपत्र प्रप्त गरे भने प्रतियोगिताको सान्तवना पुरस्कार धर्मोदयकी अनिशा तामाङले जितेकी छन् उनले नगद १ हजार र प्रमाणपत्र पाएकी छन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि पालुङटार नगरपालिकाका उप प्रमुख बन्दना पाण्डे र कार्यक्रमका सभापति पालुङटार नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत गौतम भण्डारीले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले आत्महत्या शब्द सुन्दामा पनि अप्रिय हुने भन्दै यस्ता कृयाकलापलाई निस्तेज गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो पालुङटार नगरपालिका पनि आत्महत्याको उच्च जोखिममा रहेकोले यसको न्युनीकरणका लागि नगरपालिका गम्भिर भएको पनि बताउनु भयो । आत्महत्या विविध कारणबाट हुन्छ, यसका लागि विद्यार्थीहरु सचेत हुनु भनेको न्युनीकरणका लागि ठुलो टेवा पुग्ने भन्दै उहाँले यस्तो कार्यक्रम गरिएको पनि बताउनु भयो । अन्य दिनहरुमा पनि यस्ता कार्यक्रमहरु न्गरपालिकाले गरेरहने पनि उप प्रमुख पाण्डेले कार्यक्रममा बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै पालुङटार नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत गौतम भण्डारीले आत्महत्या रोकथामका लागि आम जन समुदायमा सकारात्मक शन्देश प्रवाह गर्नका लागि नगरपालिकाले वक्तृत्वकला कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

नगर स्वस्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक कृष्ण प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी साहायक निरिक्षक समुन्द्र नेपाल, शिक्षा अधिकृत करुणा पनेरु, कोसिस नेपालका पालुङटारका लागि सहजकर्ता विपिन घिमिरे लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको उद्दघोषण नगर स्वास्थ्य कार्यलकी सृष्टी थपलियाले गर्नु भएको थियो ।

कार्यक्रम पालुङटार नगरपालिकाको आयोजनामा, ईलाका प्रहरी कार्यालय ठाँटीपोखरी र कोसिस नेपालको सहजिकरणमा भएको हो । कोसिसले पालुङटारमा लामो समय देखि मानसिक स्वास्थ्य न्युनिकरणका लागि काम गर्दै आएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.