लिगलिगकोट– सिरानचोक–गोरखा दरबार म्याराथुन भबानी दल गणका जमदार तिर्थबहादुर तामाङ बिजयी

तीन घण्टा ११ मिनेट १ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दुरी पार गर्दै शनिवार गोरखामा भएको म्याराथुन दौडमा नेपाली सेनाको भबानी दल गणका जमदार तिर्थबहादुर तामाङ बिजयी भएका छन् । ‘लिगलिगकोट–सिरानचोक–गोरखा दरबार दोस्रो खुल्ला म्याराथुन दौड २०७९’ मा सहभागी ९३ जनालाई पछि पार्दै तामाङ उपाधी उचाल्न सफल भएका हुन् । उनले नगद एक लाख ५० हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र पाएका छन् ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेना रिपुमर्दन गणको आयोजनामा भएको प्रतियोगितामा तीन घण्टा १२ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै भारतीय सेनामा कार्यरत अनिश थापा मगर दोस्रो भए । उनले नगद एक लाख पुरस्कार पाएका छन् । एक मिनेट १६ सेकेन्डको अन्तरले उनी उपबिजेता भए ।

नेपाली सेनाको बरख गणका मोहनदेव जोशीले तीन घण्टा १५ मिनेट १५ सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भए । उनले नगद ७५ हजार पाएका छन् । चौथो र पाँचौ भएका चण्डिप्रसाद गणका देबराज महत्तरा र भिमकाली गणका गोबिन्द कार्कीलाई क्रमस ५० र ३५ हजार पुरस्कार प्रदान गरियो । १० जना भित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक ५ गोरखाका अशोक बराम, भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र महाविर सौर्य गणका बिमल खड्का लाई क्रमस ३०, २५, २०, १५, १० हजार पुरस्कार प्रदान गरिएको छ ।

No description available.

पहिलो पटक सहभागि मै प्रथम हुन पाउदा निकै खुसी लागेको उपाधि विजेत तीथ तामाङले बताए । पालुङटारको लिगलिगकोट देखि गोरखा दरबार सम्मको रुटलाई अल्ट्रा म्याराथुन दौडको रुपमा पनि विकास गर्न सकिने उनको भनाइ छ । ‘यो ठाउँ अल्ट म्याराथुन गर्न धेरै राम्रो हुन्छ तर पिचलाई रुट नबनाई डाउन अप गर्ने मिल्ने सा–साना गोरेटो बाटोहरु निकाल्नु पर्छ । अल्ट्रा म्याराथुनका लागि सके सम्म पिच नछोएको धेरै राम्रो हुन्छ, विदेशीहरुले पिच छोएको मन पर्देन,’ उनले भने ।

इतिहासको प्रर्वद्धन गर्न एकिकृत ट्रेलको रुपमा बिकास गर्न नेपाली सेनाको शक्रियतामा सिरानचोक गाउँपालिका, पालुङटार र गोरखा नगरपालिकाले विसं २०७६ देखि यो म्याराथुन सुरु गरेका हुन् । कोरोना प्रभावका कारण दुई वर्ष रोकिएको दौड अहिले संचालन भएको रिपुमर्दन गण गोरखाका गणपति हेम बिष्टले बताए ।

विसं १६१६ मा भदौ २५ गते राजा द्रब्यशाहाले दौड जितेर गोरखा राज्यको राज्यभिषेक गरिएको इतिहास छ । गोरखा राज्यको सिमानालाई रक्षा गर्न भन्दै राजाले तत्कालिन समयमा सिरानचोककोट प्रयोग गरेका थिए । इतिहासले लिगलिगकोट, सिरानचोककोट र गोरखा दरबार जोडेकाले एउटा ट्रेलको रुपमा बिकास गर्न म्याराथुन निरन्तर गर्नुपर्नेमा स्थानीय तहका प्रमुखहरुले जोड दिए ।

कार्यक्रमका प्रमुख अथिती मध्ये कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले गढी किल्ला दरवार र एकिकरणको दौरानमा प्रयोग भएका मार्गहरु पहिचान गरि संरक्षण सम्र्वद्धन बिकास गर्ने योजना अनुसार यो दौड प्रतियोगिता भएको बताए ।

नेपालको उत्पत्तिदेखि जग सम्म अवधारणा बमोजिम संचालन भएको दोस्रो लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला म्याराथुन दौड प्रतियोगिता २०७९ ले राष्ट्रिय एकिकरणमा वीर गोर्खालीले देखाएको अदम्य शाहस र चरित्रलाई मद्धत पुग्ने अपेक्षा गरिएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, पालुङटार नगरपालिकाका प्रमुख बिवस चिन्तन, सिरानचोक गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ लगायतले मन्तब्य राखेका थिए । म्याराथुनले राष्ट्रिय स्तरका खेलाडीलाई अवसर प्रदान गर्नुका साथै गोरखाको पनि प्रचार प्रसारमा मद्धत पुग्ने जनप्रतिनिधिहरुले बताए ।

No description available.

शनिवार बिहान पालुङटारको लिगलिगकोटबाटसुरु भई सिरानचोकोट हुँदै गोरखा दरवार सम्म दौड भएको हो । नेपाली सेना, प्रहरी शसस्त्रमा कार्यरत, राष्ट्रिय धावकहरु र सर्वसाधारणले पनि प्रतियोगितामा भाग लिएका थिए ।

यो गोरखामा अहिले सम्मकै धेरै पुरस्कार राशी भएको म्याराथुन हो । नेपाली सेनाको प्रयासमा यो दौड २०७६ मा सुरु भएको हो । पहिलो वर्षको म्याराथुन प्रतियोगितामा गोरखाको आरुघाट गाउँपालिका घर भई काठमाण्डौँ बस्दै आएका भिबहादुर गुरुङ बिजयी बनेका थिए ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.