तनहुँको आँदिमुलमा काव्य उत्सव

आँबुखैरेनी, २६ भदौ ।
प्रसिद्ध आँदिमुल बराही क्षेत्रमा काव्योत्सव गरिएको छ । आँबुखैरेनी वाङ्मय परिषद्को आयोजनामा भदौ २४ र २५ गते कार्यक्रम गरिएको हो । आँबुखैरेनी गाउँपालिकासँगको समन्वयमा कार्यक्रम गरिएको हो ।

सत्रसय फाँटदेखी १५ मिनेटको सवारी यात्रामा पुगिने आँदिमुलमा प्रसिद्ध आँदिमुल बराही मन्दिर छ । वाङ्मयले मुलुकका विभिन्न ठाउँबाट आएका स्रस्टालाई उत्सवको दोस्रो दिन आँधिमुलमा लगेर कार्यक्रम गरेको हो । कार्यक्रममा कविता वाचन सँगै स्थानीय सांस्कृतिक नाच देखाइएको थियो । चितवनबाट आएका स्रस्टाहरू खुमनारायण पौडेल, सुरेन्द्र अस्तफल, रमेश प्रभात, तेजविलास अधिकारी र मोदनाथ मरहट्ठाले पनि रचना प्रस्तुत गरेका थिए । दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिका प्रमुख शुक्र चुमानले आफ्नो पालिकामा मुलुकका विभिन्न जिल्लाका स्रस्टाहरू ल्याएर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । यो किसिमका कार्यक्रम आयोजना गरिँदा स्थानीय तहका प्रसिद्ध स्थानहरूको प्रचारप्रसार भै पर्यटनको विकासमा सहयोग पुग्ने प्रमुखले बताए । सोही समारोहमा आँदिमुलको छेवैमा बसेर मनोज तामाङ र राजेन्द्र सुवेदीले क्यानभासमा चित्र कोरेका थिए । चित्रमा प्राकृतिक चित्रण गरिएको थियो ।

पहिलो दिन आँबुखैरेनी बजारमा भएको कार्यक्रममा कवि खुमनारायण पौडेल सम्मानित भएका छन् । आँबुखैरेनी स्रस्टा समाजले चितवनका कवि पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार-२०७८ बाट सम्मान गरेको हो ।

उक्त समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार काजी रोशनले कवि पौडेललाई दोसल्ला ओढाएर नगद १० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरेका हुन् ।

तीसको दशकदेखि कवितामा आफ्नो अलग पहिचान र विशिष्टता हासिल गरेका र विभिन्न साहित्यिक कृति र पत्रिकाहरूको सम्पादन, प्रकाशनमार्फत निरन्तर साहित्यिक सेवाको योगदानको मूल्यांकन गर्दै कवि पौडेललाई सम्मान गरिएको समाजका अध्यक्ष अनिल श्रेष्ठले बताए । सम्मानित पौडेल त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका प्रमुख छन् । पौडेलका अन्तिमेत्थम् (२०४९), नरमेध (२०५६) र शीतनिद्रा (२०७३)लगायतका कृति प्रकाशित छन् । सोही समारोहमा इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कारबाट कलाकार सुभास गजुरेल, कृष्णदास – चेतकुमारी मल्ल उत्कृष्ट खोज पत्रकारिता पुरस्कारबाट विद्या चापागाईं र महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कारबाट मञ्जु थापा र सुलना गुरुङलाई सम्मान गरिएको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.