कक्षामा पढेकाे व्यवसायिक शिक्षा व्यवहारमा उतार्दै बिद्यार्थीहरू

गाेरखा । जिल्लाकाे मिरकाेट माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थिहरु उत्पादनमूलक व्यवहारीक शिक्षा तर्फ अघि बढेका छन् । व्यवसायिक शिक्षा अन्तर्गत यस अघि कालीमाटीकाे केरा, अदुवा बनाउने गरेका विद्यार्थीहरु आफै अदुवा राेपेर अघि बढेका हुन् ।

पालुङटार नगरपालिका वडा नम्बर १० काे आर्थिक सहयाेगमा स्थानीय टेक बहादुर अधिकारीले विद्यालयका लागि अदुवा लगाउन प्राप्त पाँच राेपनी क्षेत्रफलकाे जग्गामा अदुवा लगाइएकाे विद्यालयका प्रधानाध्यापक  भुवन अधिकारीले बताए । कक्षा ७ र ८ मा पेशा तथा व्यवसायिक शिक्षाकाे अध्ययन हुँदै आइरहेकाे छ, यस अघि सानाे मात्रामा विद्यार्थीहरुले करेसावारी खेती गर्थे यस पटक जग्गा प्राप्त भएकाले लागत र उत्पादनकाे मूल्याङन समेत हुने गरी सबै रेकर्ड राखेर व्यावसायिक खेतीकाे थालनी गरिएकाे अधिकारीले बताए । लागत, श्रम हिसाव विद्यार्थीहरुले राख्ने र उत्पादन पछि थप मूल्याङ्कन हुने शिक्षकहरुले बताएका छन् ।

अदुवा लगाउने काममा मिरकाेट मावि मिरकाेटका विद्यार्थीहरु ।

सामूहिक रुपमा काम गर्दा विद्यार्थीहरु पनि खुशी भएका अर्का शिक्षक टेक बहादुर अधिकारीले बताए । यस अघि पालुङ्टार वडा नम्बर ९ स्थित त्रिवेणि माविले आलु खेती गरी उत्पादनमूलक शिक्षालाइ व्यवहारमा लागू गरेकाे थियाे ।

शुक्रबारकाे अतिरिक्त क्रियाकलाप र उत्पादनमुखी व्यवहारीक शिक्षा अन्तर्गत मिरकाेट मावि मिरकाेटले अदुवा खेतीकाे थालनी गरेकाे हाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.