गाेरखा संसार
२२ जेठ, गाेरखा
गोरखाको जेठो सरकारी क्याम्पस गोरखा क्याम्पसका प्रमुख पदमा रामशरण बानियाँ नियुक्त भएका छन् ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको गत १६ गतेको निर्णयले सोमबारदेखि लागु हुने गरी बानियाँलाई चारबर्षे क्याम्पस प्रमुख पदमा नियुक्त गर्ने निर्णय गरेको वर्तमान क्याम्पस प्रमुख विकासकुमार श्रेष्ठले जानकारी दिए ।
बानियाँले मंगलबार पदबहाली गर्ने उनले बताए । यो उनको दोस्रो कार्यकाल हो ।
वर्तमान क्याम्पस प्रमुख श्रेष्ठ भने आफ्नै दरबन्दी रहेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुर जाने तयारी रहेको उनले बताए ।
नवनियुक्त क्याम्पस प्रमुखलाइ सफल कार्यकालकाे शुभकामना गाेरखा संसार परिवारकाे तर्फबाट ।