यस वर्षको एसइइ परीक्षासुरु गोर्खामा २३ केन्द्र बाट ४,४६८ विद्यार्थी सम्मिलित

गोरखा,चैत्र ७ गते

यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईई आज (बिहिबार)बाट सुरु भएको छ ।

एसईईमा जिल्लाबाट यस वर्ष जिल्ला भरिका २३ केन्द्रबाट नियमित र क्रेड वृद्धि गरी ४४ ६८ विद्यार्थी परीक्षामा सम्मिलित भएका छन्।

नियमित परीक्षा दिनेहरुमा साधारणतर्फ ३४ सय ४१ जना र प्राविधिकतर्फ ९९ जना रहेका छन् । यस्तै, गे्रडवृद्धिको परीक्षा दिनेहरुमा साधारणतर्फ ९ सय १६ जना र प्राविधिकतर्फ २१ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।

प्राविधिक धारको एईई परीक्षा दिनेहरुका लागि लक्ष्मीबजारस्थित महालक्ष्मी माविमा परीक्षा केन्द्र कायम गरिएको इकाईका शाखा अधिकृत विश्व रेग्मीले जानकारी दिनुभयो। कुल ४,४७७ परीक्षार्थीमध्ये नौ जना अनुपस्थित भएको रेग्मीले जानकारी दिनुभयो।

सदरमुकामको महेन्द्रज्योति मावि, शक्ति मावि, सरस्वती मावि, महालक्ष्मी मावि लक्ष्मीबजार, रत्नराज्य मावि बिरन्चोक र महेन्द्र मावि कुन्दुरटारलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाले जनाएको छ । पालुङटारको भवानी मावि ठाँटीपोखरी, जीवनज्योति मावि च्याङ्लीलाई पनि परीक्षा केन्द्र बनाइएको छ ।

सिरानचोकको महेन्द्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रलीला मावि हर्मी, परोपकार आदर्श मावि जौवारीलाई परीक्षाकेन्द्र बनाइएको छ । त्यस्तै अजीरकोटका परीक्षार्थीहरुका लागि हिमालय मावि सिमजुङ केन्द्र तोकिएको छ । बारपाक सुलिकोटस्थित हिमालय मावि सौरपानी र सूर्यज्योति मावि ताकुकोट, भीमसेनथापा गाउँपालिकाका परीक्षार्थीका लागि दुल्लभ मावि घ्याम्पेशाल, सरस्वती मावि बोर्लाङ र संस्कृत मावि तान्द्रङलाई परीक्षा केन्द्र तोकिएको छ ।

यसैगरी, आरुघाट गाउँपालिकाका लागि भिमोदय मावि आरुघाट र गण्डकी मावि आर्खेतलाई परीक्षा केन्द्र कायम गरिएको छ । धार्चे गाउँपालिकाका परीक्षार्थीका लागि भने जनजागृती मावि माछिखोला परीक्षा केन्द्र तोकिएको छ । गण्डकी गाउँपालिकाको ज्ञानमार्ग मावि घ्याल्चोक र ताङ्लिचोक मावि ताङ्लिचोकमा परीक्षा केन्द्र तोकिएको छ ।

सहिदलखन गाउँपालिकाका परीक्षार्थीका लागि भगवती हिमालय मावि घैरुङ र मनकामना मावि मनकामनामा परीक्षा केन्द्र तोकिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिकामा भने परीक्षा केन्द्र तोकिएको छैन । त्यहाँका वुद्ध मावि र ल्हो माविका परीक्षार्थीहरुका लागि गण्डकी मावि आर्खेतमा परीक्षाकेन्द्र कायम गरिएको कार्यालयले जनाएको छ ।
बिहान ८ बजेबाट सुरु हुने परिक्षा चैत १९ गतेसम्म संचालन हुनेछ ।

आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ भने भोलि नेपाली विषयको परीक्षा हुनेछ

हेर्नुहोस् पुरा रुटिङ :

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.