काठमाडौँ,
माघ १७
नयाँ शक्ति विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशन यही माघ १६ र १७ गते त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पूर्बप्रधानमन्त्री एबम नेपाल समाजबादी पाटी केन्द्रीय संयोजन डा बाबूराम भट्टराई को प्रमुख आतिथ्यतासम्पन्न भएको छ। महाधिवेशनले बल बहादुर रम्तेललाई अध्यक्षमा निर्वाचित गरेको छ।
अन्य निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्षहरू ओम महतो, भरत ढकाल, बिशाल तिमिलसिना, सुभाष न्यौपाने, सन्तोष नेपाली,मिना राई, महासचिवमा अनिल कुमार पटेल र आस्था नेपाली , उपमहासचिब मा सुनील धिताल र पशुपति ठाकुर केन्द्रीय साचिबमा सुजन गर्तौला, टेकराज कडेल, रमेश देबकोटा र कोषाध्यक्ष मा रमेश देबकोटा निर्बाचित भएका छन । साथै पदाधिकारी सहित ९९ सदस्य केन्द्रीय समिति घोषणा गरेको छ जसमा केन्द्रीय सदस्यमा गोरखा बाट कुमार ढकाल , केन्द्रीय सचिब मा सुजन गर्तौला र उपाधक्ष्यमा भरत ढकाल निर्बिरोध निर्बाचित भएको हुन ।निर्वाचन सम्पन्न गराउन निर्वाचन मण्डलका अध्यक्ष अ. नारायण देवकोटा, अ. माधव पोख्रेल, अ. कृष्ण अधिकारी र अमित खनालको महत्वपूर्ण भूमिका रहेको थियो।
कार्यक्रममा पार्टी नेता सृजना सुवेदी, युवा नेता तुफान विक्रम क्षेत्री, रेखी गुरूङ लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो। सातै प्रदेशबाट प्रतिनिधिहरूको सहभागिता रहेको महाधिवेशनलाई लोकतान्त्रिक प्रक्रियामा अघि बढाउन अध्यक्षका प्रत्याशी साधुराम नेपाली, महासचिवका प्रत्याशीहरू कुम्भराज पाण्डे र संगम पोख्रेलले महत्वपूर्ण भूमिका खेलेका थिए।
नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै, सम्पूर्ण सहयोगी, प्रतिनिधि तथा सहभागीहरूप्रति आभार व्यक्त गरिएको छ।
