दुलेगौंडा, २१ पुष ।
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन शुक्लागण्डकी नगर कार्य समितिको अध्यक्षमा नारायण पौडेल सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिवार दुलेगौंडामा सम्पन्न तेस्रो अधिवेशनबाट उपाध्यक्षमा ध्रुव वाग्ले, महिला उपाध्यक्षमा इश्वरी लामिछाने, सचिवमा डिल्लीराज लामिछाने, सहसचिवमा मालती वाग्ले, कोषाध्यक्षमा राजेश्वर घिमिरे, सहकोषाध्यक्षमा तिला थापा सर्वसम्मत भए । सदस्यहरुमा विकास ढकाल, राजन खनाल, विदुर अर्याल, दिपक विक, शावित्री गिरी, लक्ष्मी अधिकारी पौडेल, दिपक भण्डारी, सुबास साहि, सपना खनाल, दिपेन्द्र पौडेल, चन्द्रप्रकाश केसी, फुलमाया लो र लालुमाया विक रहेका छन् । अधिवेशनको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव रामप्रसाद पोख्रेलले उद्घाटन गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक संगठन शुक्लागण्डकीका अध्यक्ष बोधराज ढकालको अधयक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा नवनियुक्त शिक्षक तथा प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो ।