चौथो पालुङ्टार नगरपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड अन्तर मावि खेलकुद प्रतियोगिताको उपाधि अमर ज्योति जनता मावि लुइटेललाई
२०८१ पौष १३ गते।
जीवनज्योति माध्यमिक विद्यालयको व्यवस्थापन र पालुङ्टार नगरपालिकाको आयोजनामा पौष ११ गतेदेखि १३ गतेसम्म सम्पन्न भएको पालुङ्टार नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङसिल्ड अन्तर्मावी खेलकुद प्रतियोगितामा विभिन्न विधाका खेलहरुमा गरी अमरज्योति जनता माध्यमिक विद्यालयले ११ स्वर्ण, ४ रजत र ४ काश्य पदक गरी कुल १९ पदकसहित प्रथम स्थान हासिल गरी सिल्ड जित्न सफल भएको छ ! त्यस्तैगरी ६ स्वर्ण ५ रजत र २ कास्य गरी कुल १३ पदकसहित रजगरे माध्यमिक विद्यालय ले दोस्रो स्थान हासिल गरेको छ भने ३ स्वर्ण ५ रजत र २ काश्य सहित १० पदक का साथ जीवनज्योति माध्यमिक विद्यालय च्याङ्लीले तेस्रो स्थान हासिल गरेको छ॥
खेल अवधि भरमा एथलेटिक्स र भलिबल तर्फ गरी कुल २८ इभेन्टहरू भएका थिए। पालुङ्टार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा उपप्रमुख बन्दना पाण्डे, जीवनज्योति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर कुमाल, नेकपा एमाले पालुङटार नगरपालिकाका अध्यक्ष वसन्तकुमार श्रेष्ठ लगायतकाले समापन समारोहमा मन्तव्य राखेका थिए।
चौथो पालुङ्टार नगरपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड अन्तर मावि खेलकुद प्रतियोगिताको उपाधि अमर ज्योति जनता मावि लाई
Facebook Comments Box