कक्षा १२ को नतिजामा तनहुँ जिल्लामा मित्रता मावि प्रथम

तनहुँ । राष्ट्रिय परीक्षा वाेर्डले लिएकाे कक्षा १२ काे परीक्षामा तनहुँ जिल्ला स्थित मित्रता मा‍वि तनहुँमा प्रथम भएकाे छ । परीक्षामा सहभागि भएका ४५ जना विद्यार्थी मध्ये ३७ जना उतीर्ण भएका हुन् । कुल प्रतिशत ८२.२२ रहेकाे छ ।

२०६५ सालदेखि नै विद्यालयकाे कक्षा ११ र १२ काे नतिजा राष्ट्रिय नतिजा भन्दा माथि रहेकाे विद्यालयका प्रधानाध्यापक सुरेन्द्र वाेगटीले बताउनुभयाे । 

हाम्राे लक्ष्य शतप्रतिशत विद्यार्थी उतीर्ण गराउने हाे तर पनि सकिएकाे छैन । आगामी वर्ष अझै राम्राे गर्न काेशिस गर्ने बाेगटीले बताउनुभयाे । विषय शिक्षकहरुकाे मेहनतबाट नै ८२ प्रतिशत नतिजा आएकाे र अनुतीर्ण अधिकाँश विद्यार्थीहरुलाई एक विषय लागेकाे प्रधानाध्यापक वाेगटीले जानकारी दिनुभयाे । 

कक्षा ११ मा व्यवस्थापन र शिक्षाशास्त्र सँकाय तर्फकाे पढाइहुँदै आइरहेकाे विद्यालयले जनाएकाे छ । कक्षा ११ मा विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा भर्ना लिने गरिएकाे छ । जेहेन्दार र कमजाेर आर्थिक अवस्था भएका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गरेका छाैँ । हाम्राे विद्यालयमा विद्यार्थी आएपछि पढाएर पास गराउने प्रतिवद्धता व्यक्त गर्दछाैँ प्रधानाध्यापक वाेगटीले भन्नु भयाे । 

तनहुँ जिल्लामा रहेका सामुदायिक विद्यालय तर्फ हालसम्म प्राप्त तथ्याङ्कका आधारमा मित्रता मावि प्रथम भएकाे शिक्षा विकास तथा समन्वय इकाइ दमाैलीका अधिकृत विश्वनाथ रेग्मीले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.