मतदातालाई धन्यवाद दिन घिरिङ पुगे सांसद भण्डारी

तनहु ,१९ पुस ।

तनहुँ क्षेत्र नं २ का सांसद शंकर भण्डारी मतदातालाई धन्यवाद दिन घिरिङ पुगेका छन् ।

सांसद भण्डारीले मंगलबार घिरिङको मनफा , कामधेनु , साबुङ,पुर्कोट जितपुर र करुवाटारका मतदातालाई धन्यवाद दिएका छन् । धन्यवाद ज्ञापन कार्यक्रममा सांसद भण्डारीले क्षेत्र नं २ का मतदाताले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । कांग्रेस प्रतिपक्षमा पुग्दै गर्दा मतदाताहरुलाई विकास निर्माणका योजना आउँदैन कि भनेर एक किसिमको चिन्ता जाहेर गरेको हुँदा कुनै चिन्ता नलिन आग्रह गरेका छन् ।

आफूलाई विकास निर्माणका योजना ल्याउन कांग्रेस सरकारमा जान अपरिहार्य नरहेको सांसद भण्डारीको भनाई थियो ।“सिंहदरबार मैले राम्ररी चिनेको छु , कहाँबाट विकास निर्माणका योजना ल्याउनु पर्छ राम्ररी थाहा छ ।”भण्डारीले भने । पूर्वमन्त्री समेत रहेका भण्डारीले क्षेत्र नं २ मा विकास निर्माणका योजनाको कमि हुन नदिने प्रतिवद्धता समेत जाहेर गरेका थिए । त्यस्तै प्रदेश सांसद एवं नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले घिरिङको विकासमा कांग्रेस प्रतिवद्ध रहेको बताएका थिए । सो अवसरमा नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ ,क्षेत्रीय सभापति चुडामणि खनाल , क्षेत्रीय सचिव सन्तोष घिमिरे लगायतले बोलेका थिए ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.