पालुङटारमा तीन दिने आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

पालुङटार नगरपालिकामा संञ्चालन भएको तीन दिने आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम आज सम्पन्न भएको छ । पालुङटार नगरपालिकाको आर्थिक सहयोगमा पालुङटार आयुर्वेदिक अौषधालयको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

पुस १८ देखि संञ्चालन भएको उक्त कार्यक्रममा पहिलो दिन नगरपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेवककाहरुलाई आयुर्वेद सम्बन्धि सचेतना गराईएको थियो । नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रम निकै प्रभावकारी भएको सहभागीले बताएका थिए । भने दोस्रो दिन पुस १९ गते पालुङटार नगरपालिका वडा नम्बर ०४को सभाहलमा भएको कार्यक्रममा पालुङटार नगरपालिका भित्रका जेष्ठ नागरिक र माध्यमिक तहका स्वास्थ्य शारीरिक शिक्षा अध्यापन गराउने शिक्षकहरुलाई सचेतना गरिएको पालुङटार आयुर्वेद अौषधालयका कविराज बसन्त घिमिले जानकारी दिनु भयो ।

त्यस्तै आज पुस २० गते अन्तिम दिन पालुङटार नगरपालिका वडा नम्बर ०४को सभाहलमा भएको सचेतना कार्यक्रममा पालुङटार भित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा आयुर्वेद व्यवस्थापन समिका सदस्यहरुलाई सचेतना गराईएको कविराज घिमिरेले बताउनु भयो ।

उक्त कार्यक्रममा प्रशिक्षकको रुपमा आयुर्वेद क्याम्पसका उप प्रध्यापक डाक्टर निर्मल भुषाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाका प्रमुख डाक्टर प्रशान्त पण्डित र योग प्रशिक्षकको रुपमा जानकी भट्टराई रहनु भएको थियोे ।

त्यस्तै समापन कार्यक्रममा पालुङटार नगरपालिका आयुर्वेद शाखाका प्रमुख बरिस्ठ कविराज निरिक्षक हितकाजी श्रेष्ठले सहभागी हरुलाई धन्यवाद ज्ञापन गर्दै यश कार्यक्रमले उर्जा थपेकाले आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु गर्ने बताउनु भयो । त्यस्तै उहाँले प्रशिक्षकहरुको सहज र सरल प्रशिक्षणको पनि उच्च प्रशंसा गर्नु भएको थियो र आगामी दिनमा पनि उहाँहरु सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

सुनाैलाेपत्रिकाबाट

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.