बल्थुम खानेपानीमा किचलाे, अध्यक्षमाथि अविश्वासकाे प्रस्ताव

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे बल्थुम खानेपानी संस्थाकाे अध्यक्ष हित बहादुर थापामाथि समितिले अविश्वासकाे प्रस्ताव पारित गरेकाे छ ।

खानेपानी संस्थाका अध्यक्ष थापाले संस्थाकाे काम सही ढंगबाट गर्न नसकेकाे र संस्थालाइ लथालिङग बनाएकाे भनी समितिकाे बैठकमा अविश्वासकाे प्रस्तावमाथि छलफल हुँदा उपस्थित सबै सदस्यहरूबाट अविश्वास पारित गरेकाे संस्थाका सचिव गणेशलाल श्रेष्ठले बताउनुभयाे । समितिकाे बैठकले साधारणसभा  समेत जेष्ठ सदस्यकाे अध्यक्षतामा सम्पन्न गर्नकाे लागि वडा कार्यालयमा अनुमति माग गर्ने निर्णय गरेकाे छ ।

त्यस्तै अध्यक्ष थापाले भने अाफूले संस्थाकाे हित बिपरित काम नगरेकाे तर समितिका पदाधिकारीहरूले अाफूमाथि अाराेप लगाएकाे भन्दै अाफ्नाे बचाउका लागि वडा कार्यालयमा निवेदन दिनुभएकाे छ ।

साे खानेपानी संस्थामार्फत वडा नं. ७ च्याङलीका ८०० घरधुरीमा खानेपानी बितरण गरिएकाे छ । विवादका कारण कार्यालय समेत नियमित रूपमा खुल्न नसक्दा सेवाग्राहीहरू समेत मर्कामा परेका छन् ।

समिति पदाधिकारी र अध्यक्ष बिच बारम्बार बिवाद चलिरहँदा पटक पटक घाेषणा गरिएकाे साधारणसभाकाे मितिसमेत सार्ने काम भइरहेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.