गाेरखा कारागार र हिरासतका कैदीबन्दीलाइ दशैै टिका

गोरखा, २० असोज ।

गोरखा कारागारका कैदीबन्दी सहित हिरासतमा रहेका १ सय ६ जनालाई टिका लगाइएको छ । वडा दसै अन्तर्गत बिजयादशमीका दिन कारागारका कैदीबन्दी र हिरासतमा रहेका सबैलाई जिल्ला प्रहरी कार्यालय गोरखा प्रमुख प्रहरी उपरीक्षक केदार खनालले टिका जमरा लगाइदिनु भएको हो ।

नेपालीहरुको महानपर्वको अवसरमा कोही पनि टिका बञ्चित नहोस भन्ने उदेश्य सहित उहाँहरुलाई टीका लगाइदिएको एसपी खनालले जानकारी दिनुभयो । ‘हिजो के गल्ती गरेर आयो त्यसमा सरोकार नराखौ’ प्रहरी उपरिक्षक खनालले भन्नुभयो, ‘सबै नेपालीको चाड हो,यो अवशरमा कोही कसैको पनि मन खिन्न हुनुुहुन्न भनेर खुशीयालीको लागि टिका लगाई दिएको हो ।’

कालान्तरमा गल्ती गरेर आएका होलान । तर अहिले सजाय भोगेको बहानामा खुशी हुनबाट बञ्चित गरिनु हुन्न ।’ उहाँले भन्नुभयो ।

एसपी खनालले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा रहेका ११ जना र गोरखा कारागारमा रहेका ९५ जना गरी १०६ जनालाई टिका लगाई दिनुभएको हो ।

खनालले हिरासत र बन्दी जिवन बिताएका १९ बर्षदेखी ८० बर्ष उमेर समूहका मानिसलाई टिका लगाई दिएको गोरखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोरखा कारागारमा रहेका ८ महिला र ८७ पुरुषलाई टिका ग्रहण गरेका थिए ।

बन्दीहरुले सुरक्षा प्रमुखबाट टिका ग्रहण गर्न पाएको खुशी ब्यक्त गरेका छ्न । ‘अहिले भने कारागार भन्दा पनि घरमा नै भएको अनुभव भएको छ ।’ एक कैदीबन्दीले भने । टिका प्रदान गरेका सबैलाई जमरा र फलफुल प्रदान गरिएको थियो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker