कुमाल राष्ट्रिय मुक्तिमोर्चाकाे अध्यक्षमा कञ्चन कुमाल

कुमाल राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे दाेश्राे राष्ट्रिय भेलाले कञ्चन कुमालकाे अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिति गठन गरेकाे छ ।
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङली बिरूवाटारमा भएकाे भेलाले समिति गठन गरेकाे हाे ।
जसकाे उपाध्यक्षमा नन्द कुमाल, बिशाल कुमाल र पुष्पा कुमाल रहेका छन । त्यस्तै महासचिवमा राजन कुमाल, सचिवमा लिला कुमाल, शुष्मा कुमाल र हुम बहादुर कुमाल र काेषाध्यक्षमा सिमाना कुमाल रहेका छन ।
७ गते शनिबार का दिन सम्पन्न भेलाकाे बन्द शत्रमा बिभिन्न् जिल्लाका प्रतिनिधीहरूकाे उपस्थिति रहेकाे थियाे । जसमा पालुङटार नगरपालिका वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमाल , यवा व्यवसायी बिशाल कुमाल, बिप्लव माअाेवादीका कुमाल नेता याेगेन्द्र कुमाल, अादिबासी जनजाती गण्डकी प्रदेश संयाेजक अमर तमु, केन्द्रीय संयाेजक शुरेश अाले मगर लगायतकाले सहजीकरण गरेका थिए ।

Back to top button
Close