गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७, च्याङलीमा रहेकाे अाेशाे कैलाश ध्यान केन्द्रमा नि:शुल्क अायुर्वेद स्वास्थ शिबिर सम्पन्न भएकाे छ ।
सरस्वती तमु अामा समूहकी अध्यक्ष अनिता गुरूङ काे अध्यक्षतामा सम्पन्न भएकाे शिविरमा पालुङटार नगरपालिकाकी नगर उप प्रमुख बन्दना पाण्डेले प्रमुख अतिथिकाे रूपमा बाेल्दै अायुर्वेद सेवातर्फ जाेड दिनुपर्ने बताउनुभयाे ।
अायाेजक अाेशाे कैलाश ध्यान केन्द्रका सञ्चालक स्वामी प्रेम सुवास थापाले अायुर्वेद चिकित्सा र याेगाकाे महत्त्वका बारेमा प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रम राष्ट्रिय अायुर्वेद एसाेसियसन नेपालका बरिष्ठ उपाध्यक्ष एवं नेचर केयर हाेम प्रा.लि. का सञ्चालक कृष्ण राउतले अायुर्वेद शिक्षाकाे महत्त्व सहित सञ्चालन गर्नुभएको थियाे । कार्यक्रममा च्याङली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रबिन्द्र कंडेल, नेकपा माअाेवादी केन्द्र वडा नं ७ का सहसचिव अाेम प्रकाश गुरूङ लगायतकाले मन्तब्य राखेका थिए ।
शिबिरमा डा. शेर बहादुर थापा र डा.पि के मिश्र ले स्वास्थ्य परीक्षण गराएका थिए । शिबिर सञ्चालनका लागि नेचर केयर हाेम प्रा.लि. पाेखरा, अाेशाे अायुर्वेद डुम्रे र पियुष अायुर्वेद फर्मा पाेखरा ले सहयाेग गरेका थिए ।
साे अवसरमा बृक्षाराेपण समेत गरिएकाे थियाे ।