कुमाल राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे दाेश्राे राष्टिय भेला शुरू

कुमाल राष्ट्रिय मुक्तिमोर्चा नेपालकाे दाेश्राे राष्ट्रिय भेलाकाे उदघाटन सत्र सम्पन्न भएकाे छ ।
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङली बिरूवाटारमा भएकाे भेलामा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेकपा माअाेवादी केन्द्रका सचिव हितराज पाण्डेले शैक्षिक चेतनामा कुमाल समुदाय अघि बढनुपर्ने बताउनुभयाे । साेही क्रममा उहाँले नागरिकता बिधेयकका बिषयमा राष्ट्रपतिले गर्नुभएको कदम गलत भएकाे समेत बताउनुभयाे ।
कञ्चन कुमालकाे अध्यक्षतामा सम्पन्न भएकाे भेलामा ने क पा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य खाेप बहादुर कंडेल, पालुङटार नगरपालिकाका नगर प्रमुख बिबस चिन्तन, उप प्रमुख बन्दना पाण्डे, वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमाल , यवा व्यवसायी बिशाल कुमाल, बिप्लव माअाेवादीका कुमाल नेता याेगेन्द्र कुमाल, अादिबासी जनजाती गण्डकी प्रदेश संयाेजक अमर तमु, केन्द्रीय संयाेजक शुरेश अाले मगर लगायतकाले मन्तब्य राखेका थिए ।                                                                           भेलामा कुमाल शहिदहरूकाे परिवारलाई सम्मान समेत गरिएकाे थियाे । बन्द सत्रमा बिभिन्न जिल्लाका प्रतिनिधीहरूकाे उपस्थिति रहेकाे छ । भेलाले माेर्चाकाे केन्द्रीय समिति गठन गर्नेछ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.