Trending

लगातार पाँचौँ दिन १०,००० भन्दा बढी व्यक्तिमा कोभिड पुष्टि

नेपालमा शनिवार लगातार पाँचौँ दिन १०,००० भन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

शनिवार अपराह्न प्रकाशित विवरण अनुसार विवरणअनुसार विगत २४ घण्टामा १४,४६२ वटा परीक्षण पीसीआर विधिबाट र ५,७२५ वटा एन्टिजन विधिबाट कुल २०,१८७ परीक्षण गरिएको थियो।

पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५६.८ प्रतिशतमा र एन्टिजन परीक्षणमा ३५.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

हाल देशभरि सङ्क्रमितको सङ्ख्या ७२,८६२ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये झन्डै दुईतिहाई काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।

सक्रिय सङ्क्रमितमध्ये ३४,१५९ जना काठमाण्डूमा, ८,२२० जना ललितपुरमा र ४,६४५ जना भक्तपुरमा छन्।

विगत २४ घण्टामा काठमाण्डूमा ३,७६२ जना, ललितपुरमा १,११० र भक्तपुरमा ४३४ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

त्यस्तै मोरङमा २७३ जना, सुनसरीमा २१२ जना र कास्कीमा ४०० जना नयाँ सङ्क्रमित थपिएका छन्।

अहिले आईसीयूमा २१० जना र भेन्टिलेटरमा ३७ जना बिरामी भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ७०८ रहेको छ। नेपालमा कुल सङ्क्रमितमध्ये ९०.७ प्रतिशत निको भएका छन्।

अहिले सङ्क्रमित भइरहेका मध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्।

Back to top button
Close