तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको लागि म्याट्रेस वितरण

गोरखा,माघ ९

जिल्ला प्रहरी कार्यालय गोरखाले तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको लागि म्याट्रेस बितरण गरेकाे छ । जिल्ला प्रहरी कार्यालय गाेरखामा कार्यरत प्रहरी जवानहरू सरूवा भइ जाँदा वा अाउँदा बेड बिस्तारा बाेकेर हिँडनुपर्दा समस्या भएकाेले साे समस्यालाइ मध्यनजर राखी म्याट्रेस बितरण गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका सूचना सम्प्रेषण अधिकृत प्रहरी नायब निरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयाे ।

जिल्ला प्रहरी कार्यालय गोरखाको आन्तरिक कल्याणकारी कोषमा विभिन्न श्रोतहरुबाट जम्मा हुन आएको प्रोत्साहन रकमको समुचित उपयोग गर्दै जुनियर तहका प्रहरी कर्मचारीहरुको हकहितलाई मध्यनजर गरी यसै आ.व.को मंसिर महिनामा २१० थान ट्रयाकसुटहरु खरीद गरी बितरण गरिएकाे थियाे । कूल रकम जम्मा रु.३,०४,५००।– (तीन लाख चार हजार पाँच सय) रूपैयाँमा ट्रयाकसुटहरु खरीद गरी बितरण गरिएकाे थियाे । त्यस्तै गरी  कल्याणकारी  कोषमा फरार अभियुक्तहरु पक्राउ गरे वापत सम्मानित अदालतबाट प्राप्त प्रोत्साहन रकम र ढुङ्गा,गिट्टी, बालुवाको अवैध चोरी निकासी रोके वापत गोरखा नगरपालिकाबाट प्राप्त प्रोत्साहन रकमको उपयोग गरी रु.१,५७,१७०।–( एकलाख सन्ताउन्न हजार एक सय सत्तरी)मा ८० थान रेडिमेड क्वायर म्याट्रेस खरीद गरिएकाे जनाइएकाे छ ।

तल्लाे तहका प्रहरी कर्मचारिहरूकाे  मनोबल उच्च राख्ने हेतुले विगत लामो समय देखि जिल्ला प्रहरी कार्यालयले आन्तरिक कल्याणकारी कोष मार्फत विभिन्न कल्याणकारी कार्यक्रमहरु सञ्चालन गर्ने, विशेष प्रकृतिका घटनाहरुमा प्रहरी कर्मचारीहरुलाई सहयोग गर्ने, गुनासो सुनुवाई गर्ने एवं कार्यालयको भौतिक श्रोत साधन सम्पन्न बनाउने कार्य गर्दै अाइरहेकेा छ ।

जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शेखर खनाल मार्फत प्रहरी जवान तथा कार्यालय सहयोगीहरुलाई अाज एक कार्यक्रमका बिच साे म्याट्रेसहरू वितरण गरिएको र आगामी दिनहरुमा सम्पुर्ण प्रहरी कर्मचारीहरुको लागि क्रमश: उपलब्ध गराउँदै लैजाने लक्ष रहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाको योजना रहेको जनाइएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.