साढे १९ किलो गाँजासहित एक भारतीय युवक पक्राउ

जनकपुरधाम, ४ पुस ।

साढे १९ किलो गाँजासहित एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुवनी जिल्ला खिरह निवासी २२ वर्षीय विजयकुमार महतो रहेका छन् । गाँजा लोड गरिएको बीआर३२के ९११७ नम्बरको भारतीय स्कारपिओमा महतो शनिबार राति बर्दिवासबाट जनकपुरतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय ढल्केवरले चेकजाँजको लागि रोक्न आग्रह गरेको थियो ।

तर, महतोले स्कारपिओ नरोकी भागेपछि ढल्केवर प्रहरीले उनलाई पछ्याएको थियो । महतोले गाँडीबाट गाँजा फालेर तीव्र गतिमा गाडी गुडाउँदा स्कारपिओ बसही खोलाको पुलमा ठोकिएको थियो । गाडी दुर्घटनामा पर्दा महतोसहित गाडी सवार व्यक्तिहरू फरार भएका थिए । घटनास्थलमा प्रहरी पुग्दा झाडिमा लुकेका महतो पक्राउ परेका थिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार गाडीमा सवार अन्य व्यक्ति भने फरार रहेका छन् । गाडीबाट रातो प्लास्टिकमा १९ किलो ५ सय ग्राम गाँजा भएको प्रहरी निरीक्षक सुवेदीले बताए । महतो लागूऔषध कारोबार संलग्न सम्बन्धी मुद्दा चलाइएको उनले बताए ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.