कस्ताे रहला अाज र भाेलिकाे माैसम ?

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रही देशभर धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भएको छ । प्रदेश न १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा समेत भएको छ ।

मंगलवार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश न २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश न १ का केही स्थानहरू र प्रदेश न २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बागमती प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधवार पनि देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूका साथै बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.