
जेठ १४,
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ मा संक्रमण बढेसँगै कडाइ गर्ने निर्णय गरेकेा छ । वडाभित्रका केही टाेलहरूमा संक्रमण दर बढ्दै गएपछि समस्या हुन सक्ने भन्दै थप कडाइ गर्ने निर्णय गरेकाे वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले बताउनुभयाे ।
निर्णयअनुसार जेठ १४ गतेदेखि जेठ २१ गतेसम्म वडाभित्र अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिनेछ ।
अाज एक बैठक बसी एम्बुलेन्स र अाैषधी सेवा बाहेक अन्य सबै सेवाका लागि वडाकाे पास अनिवार्य अावश्यक पर्ने बनाइएकाे छ ।
एम्बुलेन्स, खाद्यान्न, अाैषधी, दाना, चल्ला, पानी बाहेकका अन्य सबै सेवा बन्द गर्न समेत अनुराेध गर्ने निर्णय गरिएकाे बताइएकाे छ ।
यसअघि ३९ जनामा गरिएकाे पि.सि.अार. परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएपछि यस्ताे निर्णय गर्न बाध्य भएकाे धुवाँकाेट स्वास्थ्य चाैकीका इन्चार्ज लक्ष्मण श्रेष्ठले बताउनुभयाे ।
जेठ १५ गते शनिवार बिहान ८ पा न पा ८ स्थित धुवाकाेट स्वास्थ्य चौकी (प्रसुतिकेन्द्र) मा पिसिअार टेष्ट (स्वाब सङ्कलन) हुने भएकोले सङ्क्रमितकाे सम्पर्कमा पुगेका र लक्षण देखिएका व्यक्तिहरुले सम्पर्क गर्न वडाध्यक्ष कंडेलले अनुराेध गर्नुभएकाे छ ।