जेठ १६,
जेठ १६ गतेदेखि गाेरखा फाउन्डेसनको सहकार्यमा रेडियो बन्दिपुर ८८.८ मेगाहर्जबाट SEE तयारी कक्षा सञ्चालन हुने भएकाे छ । गाेरखाकाे पालुङटार नगरपालिकाका केही बिद्यालय र सिराञ्चाेकका केही बिद्यालयका शिक्षकहरूकाे सक्रियतामा कार्यक्रम सञ्चालन गर्न लागिएको गाेरखा फाउन्डेसनका सुरेन्द्र देवकोटाले जानकारी दिनुभयो । सांझ ७:३० बजेदेखि ८ बजेसम्म अाइतबार देखि बिहिवार सम्म बिभिन्न बिषयका बिषयहरूकाे पठनपाठन हुनेछ ।
कार्यक्रमकाे उत्पादन तथा प्रशारणमा पालुङटार नगरपालिकाकाे शिक्षा शाखासँग पनि समन्वय गरिएकाे देवकाेटाले बताउनुभयाे । उहँाका अनुसार शिक्षा शाखाका प्रमुख एवं नगरपालिकाका नि.प्रमुख प्रशाशकीय अधिकृत बाबुराम काराखेतीले कार्यक्रमकाे उत्पादनका लागि सहकार्य गरिएकाे छ ।