गण्डकी प्रदेशकाे मुख्य मन्त्रीमा फेरी पनि पृथ्वी सुब्बा गुरूङ

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले दोस्रो पटक सपथ खाएका छन् । ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३ बमोजिम नियुक्त गरी बुधबार साँझ आफ्नै निवासमा उनलाई सपथ खुवाएकी हुन् ।

प्रदेश प्रमुखकाे निवासमा आयाेजित सपथ ग्रहण समाराेहमा गुरुङले एक्लै सपथ लिएका हुन् । सपथ ग्रहण समाराेहमा सीमित व्यक्तिलाई बाेलाइएकाे छ । मुख्यमन्त्री अहिले कोभिड संक्रमित भएका कारण सपथग्रहणमा निकै कम मात्रलाई बस्न दिइएको छ । सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी, उच्च अदालतका प्रमुख न्यायाधिश सपथ ग्रहण समाराेहमा उपस्थित थिए ।अहिले निवास वरपर कडा सुरक्षा व्यवस्था गरिएको छ ।

मुख्यमन्त्री आफै कोरोना संक्रमित भएका कारण आज मन्त्रीमण्डल विस्तार गरिएन । माओवादीले सरकारको साथ छाडेपछि २ मन्त्रालय खाली थिए । मुख्यमन्त्री गुरुङले कृषि मन्त्रालय पनि आफैंले सम्हाल्दै आएका थिए । भौतिक पूर्वाधार र कानुन मन्त्रालय रामशरण बस्नेतको जिम्मेवारीमा थियो ।

पयर्टन मन्त्रालयमा विकास लम्साल, सामाजिक विकास मन्त्रालयमा नरदेवी पुन थिए भने अविश्वासको प्सताव टरेको भोलिपल्ट वैशाख १६ गते उक्त मन्त्रालय टुक्रयार बनाएको युवा तथा खेलकुद मन्त्रालयमा राजीव गुरुङ ९दीपक मनाङे० लाई निुयक्त गरिउको थियो

अब नयाँ क्याबिनेटमा कसले निरन्तरता पाउँछन् वा पूरानै जिम्मेवारी सुम्पिएलान् केहि दिनपछि नै थाहा हुनेछ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने चटारोले पनि फेरबदल हुने सम्भावना छैन ।

काँग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपालीले बुधबार दाबी निवेदन पेस गरेका थिए । गण्डकीमा एमाले र यी ४ दलसहित ५ दल संसदमा अस्तित्वमा छ । एमालेबाहेक सबै एकातिर उभिँदा टुप्लुक्क बहुमत ३१ मत पुग्ने थियो । तर राष्ट्रिय जनमोर्चाको तर्फबाट एकजनाको हस्ताक्षर भएन । समर्थन भनिए पनि बहुमत सांसदको हस्ताक्षर नहुँदा काँग्रेसका कृष्णचन्द्र नेपालीको मुख्यमन्त्री बन्ने सपना तुहिएको हो । विश्वासको मत लिने बेलामा बहुमत पु¥याउने दाबीका साथ गठबन्धनले निवेदन दिएको थियो । तर, राजमोका सांसद कृष्ण थापाले आफ्नो विमति रहेको भन्ने पत्र दर्ता गरेपछि प्रदेश प्रमुखले पुनः एमालेलाई नै सरकार गठनका लागि आह्वान गरकी हुन् । र, बहुमतको सरकार गठन गर्ने प्रतिपक्षी दलहरुको प्रयास असफल भएसँगै विद्यमान ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङले नै मुख्यमन्त्री बनेका हुन् ।

नेकपा विभाजित नरहँदा दुई तिहाई बहुमतको साथ नेतृत्व गरेका गुरुङको सरकार माओवादी छुट्टिएपछि राष्ट्रिय जनमोर्चाका ३ सांसदले अडिएको थियो । जनमोर्चाले पनि साथ नदिने निर्णय गरेपछि अश्विासको प्रस्तावको छिनोफाने हुने अघिल्लो दिन वैशाख २६ गते नै राजीनामा दिएका थिए ।

 

त्यसपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनको समय दिएर दुई वा दुई बढी दल मिलेर बहुमतको सरकार बनाउन समय दिएकी थिइन् । यो समयमा प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र राजमोले बहुमत जुटाउन सकेन । यसमा राजमोका सांसदहरु कृष्ण थापा र खिमविक्रम शाहीको भूमिका रह्यो । दुई जनाकै कारण मुख्यमन्त्रीमा काँग्रेसका दलका नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सकेनन् भने कामचलाउ हैसियतमा रहेका पृथ्वीसुब्बा पुनः कुर्सीमा फर्किएका छन् ।

ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गर्दै गुरुङ मुख्यमन्त्रीमा दोहोरिएपनि उनलाई विश्वासको मत लिन भने सकस हुनेछ । संविधानअनुसार ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । यदि राष्ट्रिय जनमोर्चा पार्टीका २ सांसदहरु कृष्ण थापा र खिमविक्रम शाहीले आज विज्ञप्ती जारी गरेझैं तटस्थ नै बसिदिएमा उनी विश्वासको मत लिनबाट चुक्नेछन् । त्यसपछि संसदमा अरु विकल्प रहनेछ्रैन र प्रदेशसभा स्वतः विघटन हुनेछ । छ महिनाभित्र मध्यावधि निर्वाचन गरिसक्नुपर्नेछ । gandaknews

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.