गोरखामा एक युवकको कोरोना संक्रमणबाट आज मृत्यु

गोरखा, २९ बैशाख । गोरखा नगरपालिका–१२ स्थित रानीटारका एक युवकको कोरोना संक्रमणबाट आज मृत्यु भएको छ । गोरखा अस्पतालमा यहीँ बैशाख २५ गते एन्टिजेन परीक्षणका क्रममा कोरोना पुष्टी भएका ३२ बर्षका युवकको उपचारका क्रममा पोखरामा मृत्यु भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।

अक्सिजनको मात्रा कम हुदै गएपछि जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि ति युवकलाई थप उपचारका लागि पोखराको चरक अस्पतालमा रिफर गरिएको थियो । ‘गोरखा अस्पतालमा उपचार गर्दा गर्दै थप उपचारका लागि पोखरा पठाइएको थियो, उनले भने आज बिहान निधन भएको अस्पतालले पुष्टी गरेको छ ।’

मृतकको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ समेत सुरु गरिएको उनले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.