Trending

पत्रकारका लागि मानव अधिकार सम्बब्धी २ दिने तालिम प्रदान

लमजुङ र तनहुँका पत्रकारका लागि मानव अधिकार सम्बब्धी २ दिने तालिम प्रदान गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा सवैका लागि घरघरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने मुल नाराका साथ दुई जिल्लाका पत्रकारका लागि तालिम प्रदान गरिएको हो । तालिममा लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मानव अधिकार, शुसासनका बारेमा लगायतका विषयमा जानकारी गराउनुभएको थियो । जिल्लामा मानव अधिकारको आवस्था, यसका गतिविधि लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारको परिचय दिदै मानव अधिकारको अवधारणाका बारेमा प्रस्ट्याउनुभएको थियो । उहाँले मानव अधिकारका विशेषताहरु, मानव अधिकार मूल्य र मान्यता, मानव अधिकारको राष्ट्रिय अवधारणा, मानव अधिकार व्यक्ति र स्थान, मानव अधिकार र राज्यको दायित्व, मानव अधिकारको प्रकार, सवै व्यक्ति तथा विशेष व्यक्तिलाई प्राप्त हुने अधिकार, अन्तराष्ट्रिय स्तरमा अधिकारको सुरुवात, राष्ट्रिय स्तरमा मौलिक अधिकारको रुपमा मानव अधिकारको सुरुवात, स्थानीय तहमा मानव अधिकार उल्लाङ्घन हुनसक्ने अवस्थाहरु लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोग समन्वय माहाशाखाका रमेशकुमार थापाले मानव अधिकार सम्वन्धि प्रम्ख अन्तराष्ट्रिय माहासन्धी र राष्ट्रिय स्तरमा मानव अधिकार विकास क्रमका बारेमा जानकारी गराउनुभएको थियो । मानव अधिकार सम्बन्धि प्रमुख अन्तराष्ट्रिय महासन्धीमा भएका व्यवस्था, मानव अधिकार सम्बन्धि विश्वव्यापी घोषणपत्र १९४८ लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker