बक्राङकाे पुराना गाउँमा स्वास्थ्य सामग्री प्रदान

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर १ पुराना गाउँमा स्वास्थ्य सामग्री वितरण भएकाे छ । गाउँमा काेराेना सङक्रमितहरु देखिएपछि सहयाेग जुटाएर सहयाेग गरिएकाे स्थानीय गणेश थापाले बताए ।

गाउँका ३२ घर परिवारका लागि ५० थानका दरले मास्क, सेनिटाइजर र सावुन प्रदान गरिएकाे उनले बताए । टाेल समूहका अध्यक्षलाइ साे सामग्री प्रदान गरिएकाे उनकाे भनाइ छ ।  साे वडाका स्थानीय परत बहादुर थापा, कृष्ण पन्त, रत्न बहादुर परियार र आस बहादुर थापाले सामग्री जुटाउन सहयाेग पुर्याउनुभएकाे थापाले बताए ।

यस अघि साेहि वडाकाे पिपलछाप, गाल्धुप र सुनडाँडामा रहेका ७९ घरधुरिका लागि सामग्री वितरण गरिएकाे उनले जानकारी दिए । सामग्री वितरणका क्रममा राेगलाइ जित्नका लागि काउन्सिलिङ समेत गरिएकाे र समस्यामा पर्दा जुनसुकै बेला सहयाेगका लागि खबर गर्न समेत आग्रह गरिएकाे उनले बताए । manasalu.com

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.