जेठ २१, गाेरखा
गाेरखाकाे पालुङटार नगरपालिकामा काेराेना संक्रमितहरूकाे राेग प्रतिराेधी क्षमता बढाउन अायुर्वेदिक अाैषधी बितरण गरिएकाे छ । बिश्व महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे खास अाैषधी पत्ता नलगाइसकेकाे अवस्थामा प्रतिराेधी क्षमता बढाउनु र परामर्श दिनु नै मुख्य अाैषधी भएकाे सर्वत्र ठहर गरिएकाे छ । यस्ताे समयमा नगरपालिकाकाे अायुर्वेद शाखाले इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीकाे समन्व्वयमा काेराेना संक्रमितहरूलाइ निशुल्क रूपमा अाैषधी बितरण गरिएकाे अायुर्वेद शाखा पालुङटारका प्रमुख हितकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।
उहँाका अनुसार नगरपालिकामा रहेका अाइसाेलेसन तथा क्वारेन्टाइनमा बसेका संक्रमितहरूलाइ पहिलाे चरणमा र घरमै बसेका हरूलाइ दाेश्राे चरणमा अाैषधी बितरण गरिएकाे छ । यसैबिच हिजाे वडा नं. ८ मा रहेका संक्रमितहरूका घर घरमा पुगेर परामर्शका साथै अाैषधी बितरण गरिएकाे थियाे । इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीका प्रहरीहरू, जनप्रतिनिधीहरू तथा अायुर्वेद शाखाका कर्मचारीहरू घर घरमा पुगेका थिए ।