पालुङ्टारमा कृषि एम्बुलेन्स सञ्चालन गरिने – नगर प्रमुख कंडेल

माघ १७, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिकामा नगरप्रमुख दिपकबाबु कंडेलले कृषि एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको बताउनुभएको छ । सो कुरा उहाँले वडा नं. ७ स्थित उज्ववल कृषि सहकारी संस्थाको भवन उदघाटन समारोहको क्रममा बताउनुभएको हो । नगरपालिकामा कृषि क्षेत्रमा फडको मार्नको लागि एम्बुलेन्सले महत्वपूर्ण योगदान पुर्याउने र किसानहरुलाई राहत पुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्स सञ्चालनमा ल्याएपछि कृषकहरुले उत्पादन गरेका हरेक कृषि उपजहरु बिक्री बितरणको लागि नेपालको जुनसुकै ठाउँमा पुर्याउँदा पनि यातायात खर्चमा ५० प्रतिशत छुट दिइने पनि उहाँले बताउनुभयो ।
उज्वल कृषि सहकारी संस्थाको आज नवनिर्मित भवन को उदघाटनसँगै आठौं बार्षिक साधारणसभा पनि सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मान बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारणसभामा भवन निर्माणको क्रममा सहयोग गर्ने सहयोगी संस्थाहरु लाई समेत सम्मान गरिएको थियो । जग्गादाता बाबुराम देवकोटा, भवन निर्माण सहयोगी संस्था पद्दती विकास सेवा केन्द्र गोरखाकी कार्यकारी निर्देशक कमला लामिछाने, जिल्ला सहकारी संघ गोरखाकी कोषाध्यक्ष मिना अधिकारी, जिल्ला सहकारी संघ गोरखाका लेखा तथा तालिम संयोजक सरोज देवकाटा लाई सो अवसरमा सम्मान गरिएको थियो । सचिव कृष्ण पाण्डेले सञ्चालन गर्नुभएको सो कार्यक्रममा सम्मानित व्यक्तित्वहरुका साथै पालुङ्टार नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा वि.क.लगायतकाले मन्तव्य राखेका थिए भने कोषाध्यक्ष रमेश अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
साधारण सभाबाट पुनः मान बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा इन्द्रा कुमाल, सचिवमा कृष्ण प्रसाद पाण्डे र कोषाध्यक्षमा अमृत बहादुर खत्री रहेका छन । त्यस्तै गरी समितिका अन्य सदस्यहरुमा महेन्द्र कुमार श्रेष्ठ, भोज बहादुर मास्की, मिन बहादुर नेपाली, सानु वि.क., श्याम अधिकारी र हरि प्रसाद भट्ट रहेका छन् ।
संस्थाले बिगत केही बर्षअघिदेखि मल बिक्रीका साथै बचत तथा ऋणको कार्यक्रम समेत गर्दै आइरहेको छ । संस्थामा हाल १७७ जना शेयरधनीहरु रहेका छन् ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.