तनहुँको बन्दिपुर ५ का मृगौला रोगी नलबहादुर थापाको उपचारमा आर्थिक सहयोग आउनेक्रम जारी छ ।
उहाँका छोरा सुजन थापाका अनुसार अहिले सहयोगी मनहरु र आफन्तले सहयोग गर्ने क्रम चलि रहेको बताउनु भएको छ । सुक्रबार स्थानीय युवा समाजसेवी दिनेश थापा मगरको विशेष सक्रियतामा सहयोगीहरुबाट रकम संकलन गरी रु नलबहादुलाई हस्तान्तरण गर्नु भएको छ । सहयोगीहातहरु ओमसिं थापा–जगत सुन्दरी थापा मगरबाट ३२ हजार, बत्तु थापा–पहलसिंह थापा मगरबाट ३२ हजार, रेशम थापा मगरबाट २५ हजार, सुनिता थापा मगरबाट २० हजार, दिनेश थापा मगरबाट १० हजार, र मनु आले मगरबाट ८ हजार आर्थिक सहयोग गरिएको छ ।
त्यसैगरी मगर संसार राहत कोषबाट १० हजार, चितवनका लिला मगरबाट १० हजार, बन्दिपुर १ छापनिवासी आफन्तहरुबाट १८ हजार, भानु ६ का समाजसेवी गिरी प्रसाद आले मगरबाट ७ हजार, यम बहादुर थापा मगरबाट ५ हजार ५५, होमबहादुर मगरबाट १० हजार, स्थानीय सरस्वती आमाबाट ५ हजार, अक्कल थापा मगरबाट १५ हजार, यम बहादुर राना मगरबाट १० हजार, रेशम राना मगरबाट १५ हजार, डम्बर बहादुर राना मगरबाट १० हजार, मंगली थापा मगरबाट ८ हजार, सीता थापा मगरबाट १० हजार, ओमकुमारी थापा मगरबाट १० हजार, निरमाया मगरबाट १० हजार र धनबहादुर मगरबाट ५ हजार आर्थिक सहयोग प्राप्त भएको र हाल सम्म उचारको क्रममा ३ लाख भन्दा बढि खर्च भैसकेको जानकारी दिनुभयो ।
विगत ९ महिना अघि देखि डाईलसिस गराउँदै आउनु भएका थापालाई मृगौला प्रत्यारोपणका लागि भारत जाने तयारी भए पनि करिब ४० लाख लाग्ने भए पछि आर्थिक समस्याका कारण जान नसकेको उहाँका भाइ मोहनसिं थापाले बताउनुभयो ।
आँफुलाई ५५ वर्षकै उमेरमा रोगले च्यापे पछि उपचारका लागि सहयोग गरिदिन उहाँले सवै सँग अनुरोध गर्नुभएको छ । साथै उहाँले सहयोगी हातहरुलाई सनराईज बैंक डुम्रे , तनहुँ शाखाको नलबहादुर थापाको खाता नं। ०५१०४६०९०७२०५००१ मा रकम जम्मा गरिदिनुहुन वा छोरा सुजनको मोबाईल नं। ९८०४१३९६३२ मा सम्पर्क गरिदिन अनुरोध गर्नुभएको छ ।
Facebook Comments Box