अाबुखैरेनी, २३ पौंष । आँबुखैरेनीको पहिलो सहकारी मनकामना माई बहुउद्देशीय सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीको आफ्नै भवनमा सहकारीका अध्यक्ष भगवानदास मल्लको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा सहकारीका अध्यक्ष भगवानदास मल्लले बार्षिक प्रगती प्रतिबेदन र कोषाध्यक्ष हरिभक्त श्रेष्ठले आयब्यय बिवरण एंव आर्थिक वर्ष ०७९÷०८० को लागि कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको छ । ४ करोड ३९ लाख ७१ हजार रुपैंया शेयर पूँजी रहेको सहकारीको आर्थिक वर्ष ०७८÷०७९ को अषाढ मसान्त सम्म कुल निक्षेप (बचत) ३७ करोड ३४ लाख ७३ हजार ४ सय ४२ रुपैंया ३७ पैंसा र कर्जा लगानी तर्फ ३७ करोड २२ लाख ८१ हजार १ सय १२ रुपैंया रहेको छ । यस अवधिमा सहकारीले १ करोड २७ लाख ७७ हजार ७ सय ७५ रुपैंया ६० पैंसा मुनाफा गर्न सफल भएको बार्षिक प्रगती प्रतिबेदनमा उल्लेख गरिएको छ । सहकारीमा उत्कृष्ट कारोबारकर्ता ९ जना, ०७७ सालको एसईईमा शेयर सदस्यको परिवारबाट सर्बोउत्कृष्ट अंक ल्याउन सफल मस्र्याङ्गदी बाल ज्योती बोर्डिङ्गका ३ जना विद्यार्थी, सामुदायिक विद्यालय अन्तर्गत रामशाह माध्यमिक विद्यालका विपन्न तथा पिछडिएका ३ जना विद्याथी, मित्रता माविका २ जना विद्यार्थी, अन्नपूर्ण प्राविका २ जना विद्यार्थीलाई सम्मान गरिएको छ । यसैगरी, सहकारीका उत्कृष्ट कर्मचारी इन्दिरा थापालाई समेत सम्मान गरिएको सहकारीले जानकारी दिएको छ । बार्षिक साधारण सभामा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, गाउँपालिका पूर्व अध्यक्ष गिर बहादुर थापा, सहकारीका संस्थापक अध्यक्ष विपिन मल्ल, अध्यक्ष भगवानदास मल्ल, उपाध्यक्ष तुल नारायण श्रेष्ठ, कोषाध्यक्ष हरिभक्त श्रेष्ठ, सचिव उपेन्द्र देवकोटा, रत्नकुमार श्रेष्ठ, सानोकाजी थापा लगाएतकाले मन्तव्य राखेका थिए।
थप समाचार
-
अर्थतन्त्र सुस्त तर प्रगतिपथमा भएको अर्थसचिव उपाध्यायको दावी
गोर्खा संसारSeptember 20, 2026काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपम... -
तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ
गोर्खा संसारSeptember 20, 2026कास्की, ३ असोज । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरूको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका कार्यकारी सम्पाद... -
सिरान्चोकमा बुलेरो दुर्घटना : ८२ वर्षीय लालु थापाको मृत्यु, ८ जना घाइते
गोर्खा संसारSeptember 20, 2026गोरखा । सिरान्चोक गाउँपालिकामा डबल क्याब बुलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन्। सिरान्चोक गाउँपालिका–अन्तर्गत भच्चेक–सिम्लेबाट चोरकाटेत... -
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
जेन–जी विद्रोहको स्मरण गर्दै “वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न” नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 8, 2026अध्यक्ष कञ्चनको दाबी– ‘जनविद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार हुन सकेन’ काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोह... -
चेपेघाटमा बेपत्ता १० जनाको कुशको शव बनाई सामूहिक अन्तिम संस्कार, नामावलीसहित
गोर्खा संसारSeptember 5, 2026शवसमेत प्राप्त नभएपछि प्रतीकात्मक दाहसंस्कार; आफन्तजन भावविह्वल, पालुङटार शोकमा By : प्रेम कोइराला पालुङटार, गोरखा — भदौ ५, २०८३ गोसाइँकुण्ड जाने क्रममा भएको दुर्घटनामा परी ज्यान...