Skip to main content

Gorkha Sansar

एमाले प्रवेशको चर्चाकाबीच ‘नातावाद हावी’ भन्दै पूर्ण गुरुङले कांग्रेस छाडे

दमौलीः एमाले प्रवेशको चर्चाकाबीच कांग्रेस महाधिवेशन प्रतिनिधि पूर्णबहादुर गुरुङले कांग्रेस परित्याग गरेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस राख्दै उनले पार्टीमा ‘चाकरी, चाप्लुसी, फरियावाद, नातावाद, कृपावाद ढोके, चम्चेको विरासत कै कारण पार्टी सदस्यसमेत नरहने गरी राजीनामा दिएको’ घोषणा गरे ।

कांग्रेसले समानुपातिकतर्फको नामको टुंगो लगाएको भोलिपल्ट उनले आजदेखी नेपाली कांग्रेसको राजनीतिबाट टाढा रहेको र साधारण सदस्य समेतबाट राजिनामा गरेको घोषणा गरे ।

गुरुङ तनहुँ क्षेत्र १ मा एमालेबाट उम्मेदवार बन्ने चर्चा छ । उनले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए । कांग्रेसबाट समानुपातिक वा प्रत्यक्षतर्फ टिकट आशा गरेका उनले त्यसमा सम्भावना नदेखेपछि पार्टी परित्यागको नीति लिएको निकटस्थ बताउँछन् ।

उनी सोमबार आयोजित एक कार्यक्रमकाबीच एमाले प्रवेश गरे ।
पार्टी अध्यक्ष केपी ओलीसँगै नेता प्रदीप ज्ञवाली, निवर्तमान सांसद केदार सिग्देललगायतको उपस्थितीमा उनी एमाले प्रवेश गरेका हुन् ।

Source: Damaulinewscom

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.