व्यास नगरपालिका वडा नं १ को वडा सचिवमा मञ्जु कँडेल सरुव भएकी छन् । कँडेल वडा कार्यालयमा सरुवा भएसंगै वडावासीले वडाबाट प्रदान गरिने सेवा संगै पशु सम्बन्धी सेवा सुविधा पनि पाउने भएका छन् । कँडेल यसअघि व्यास नगरपालिका भेटेरिनरी शाखामा पशु सेवा प्राविधक पदमा कार्यरत थिइन् । कँडेल सोही वडाबासी पनि हुन् । प्राविधिक क्षेत्रमा राम्रो ज्ञान हासिल भएकी कँडेलले वडा कार्यालयको जिम्मेवारीसंगै पशुपालन किसानलाई सेवा दिन आफु लाग्ने बताइन् । पशुपालन किसानलाई भैपरी आउने आकस्मिक सेवाका साथसाथै बिहान र बेलुकाको समयमा पनि किसानको माग भए सेवा दिन आफु तयार रहेको बताइन् । आफ्नै वडामा सरुवा भएर आएपछि आफुले जानेका सेवा दिन आफु सदैब सक्रिय रहने पनि उनले बताइन् । पशुपालन किसानहरुलाई प्रोत्साहन गर्न आफ्नो क्षेत्रबाट सक्दो सेवा गर्ने उनको प्रतिबद्धता रहेको छ । व्यास नगरपालिका भेटेरिनरी शाखाका प्रमुख मनोज बिश्वकर्माले कर्मचारी कँडेलको कार्य क्षमता सन्तोषजनक रहेको बताए । भानु नगरपालिकाबाट यस कार्यालयमा सरुवा भएर आएकी कँडेल आएदेखि नै आफ्नो कार्यक्षेत्र र आफ्नो जिम्मेवारी पूरा गर्न सदैव सक्रिय रहेकी उनले बताए । विभिन्न जिल्ला र कार्यालय हुदै आफ्नै वडामा बसेर वडाबासीको सेवा गर्ने अवसर पाउँदा वडासचिव कँडेल खुशी भएकी छन् ।
थप समाचार
-
मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न
गोर्खा संसारSeptember 21, 2026आँबुखैरेनी, ४ असोज— तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित श्री मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन शनिबार ... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 20, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 19, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
पालुङटार नगरपालिकामा भूमि व्यवस्थापन सेवा शुभारम्भ
गोर्खा संसारSeptember 18, 2026पालुङटार नगरपालिकामा भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले भूमि व्यवस्थापन सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिक... -
पालुङटारमा डाँका–चोरीमा संलग्न रहेको आरोपमा दुई युवा पक्राउ
गोर्खा संसारAugust 15, 2026गोरखा । गोरखाको पालुङटार नगरपालिका क्षेत्रमा पैदलयात्रु तथा सर्वसाधारणलाई लुटपाट तथा चोरी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गत साउन ५ गते राति करिब... -
वन संरक्षणमा उत्कृष्ट कामको कदर : डिभिजन वन कार्यालय उदयपुर गणेश शाही संरक्षण पुरस्कारको तेस्रो स्थानमा
गोर्खा संसारAugust 11, 2026उदयपुर — वन संरक्षण, संवर्द्धन तथा दिगो उपयोगसँगै वातावरणीय सन्तुलन र जैविक विविधता संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै डिभिजन वन कार्यालय, उदयपुर गणेश शाही संरक्षण पुरस्कारअन्...