आँबुखैरेनी, १३ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ३ का एक जनप्रतिनिधिले उदाहरणीय काम गरेका छ्न । वडा नं. ३ का वडा सदस्य एवम् युवा समाजसेवी दिनेश केसीको आफ्नै पहलमा यति बेला आँबुखैरेनीको विभिन्न ९ वटा टाेलमा नाङ्गो तार हटाएर एबिसि केबुल तार जडान कार्य भैरहेको छ । तनहुँ हाइड्रोपावर प्रभावित क्षेत्रका स्थानीयको लागि तनहुँ विद्युतिकरण आयोजनाका इन्जिनियर कपिल पाण्डे सँग समन्वय गरि करिब १० किलोमीटर एबिसि तार उपलब्ध गराईएको केसीले बताउनुभयो । एक साता अघि देखि विभिन्न टाेलमा एबिसी केबुल तार जडान कार्य भैइरहेको र केहि टाेलमा जडान कार्य बाँकी रहेको केसीले जानकारी दिनुभयो । नाङ्गो तारबाट हुन सक्ने सम्बाधित दुर्घटना न्यूनीकरणका लागि आँबुखैरनीको छबिसे टोल, ॐ शान्ति टोल, कृष्ण मन्दीर टोल, बिच बजार टोल, जागृती टोल, एकता टोल, नमुना खत्री टोल, खान्टाेक टोल, सुन्दर बस्ती टोल लगायतका स्थानमा कम्पनीका कर्मचारीहरुले एबिसि तार जडान गरिरहेका छ्न । केसी पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय रुपमा लागि परेका छ्न ।
थप समाचार
-
राजनीतिक नियुक्ति सफाया’ अध्यादेशमा बैंकिङ क्षेत्र सुरक्षित: गभर्नरदेखि सरकारी बैंकका सीईओसम्म पदमै रहने
गोर्खा संसारMay 3, 2026काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ लागू भएसँगै विभिन्न सार्वजनिक निकायमा रहेका हजारौँ राजनीतिक... -
अतिक्रमण हटाउने’ गृहको निर्देशनपछि देशभर हलचल: सुकुम्बासीहरू आन्दोलनमा उत्रिन थाले
गोर्खा संसारMay 3, 2026काठमाडौं । अतिक्रमित जग्गाको पहिचान गरी हटाउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई पत्राचार गरेपछि विभिन्न जिल्लामा हलचल सुरु भएको छ । सरकारी कदमसँगै विशेषगरी ... -
अतिक्रमण हटाउने सरकारकै सांसद विवादमा’: ऐलानी जग्गामा घर बनाएको आरोपपछि केपी खनालमाथि प्रश्न
गोर्खा संसारMay 3, 2026काठमाडौं । सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचनामाथि डोजर अभियान चलाइरहेको सरकारकै एक सांसद अहिले ऐलानी जग्गा विवादमा तानिएका छन् । Balen Shah नेतृत्वको सरकारले देशभर अवैध ... -
बैशाख १८ कुलपुजा बिशेष कार्यक्रम भब्य रूपमा सम्पन्न
गोर्खा संसारMay 2, 2026पूर्वीय सभ्यता र वैदिक हिन्दु सनातन धर्म परम्परामा पुर्खाको स्मरण र कुलको पूजालाई एउटा पवित्र कडी मानिन्छ। यसै सिलसिलामा, बुद्ध जयन्तीको पुण्य तिथिमा केन्द्रिय कंडेल कुल मन्दिर गै... -
रोल्पाको जलजला दुर्घटनाले शोकमा रुकुम–दाङ: एउटै गाउँका धेरै परिवार सखाप
गोर्खा संसारMay 1, 2026रोल्पा । रोल्पाको जलजला क्षेत्रमा भएको दर्दनाक जिप दुर्घटनाले रुकुम पूर्व र दाङका गाउँहरू शोकमा डुबेका छन् । दुर्घटनामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी २० जनाको ज्यान गएको छ भ... -
फेवातालमा डुबेका ११ वर्षीय बालकको सेनाद्वारा उद्धार, समयमै अस्पताल पुर्याइयो
गोर्खा संसारMay 1, 2026पोखरा । कास्कीको पोखरा–१८ स्थित प्रसिद्ध फेवाताल मा पौडी खेल्ने क्रममा डुबेका ११ वर्षीय बालकलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ । वैशाख १८ गते भएको घट...