Skip to main content

Gorkha Sansar

९९ प्रतिशत भूकम्प प्रभावित घरधनीको निजी आवास पुनर्निर्माण सम्पन्न, प्रतिवेदन हस्तान्तरण

गोरखामा भूकम्प पश्चात भारत सरकारको सहयोग अन्र्तगतका निजी आवास पुनर्निर्माण सम्पन्न भएका घरको सम्पन्नताको प्रतिवेदन हस्तान्त्रण गरिएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले गोरखाको २ नगरपालिका तथा ६ गाँउपालिकामा निजी आवास पुनर्निर्माणका क्षेत्रमा सामाजिक प्राविधिक सहजिकरण गर्दै आएको आफ्नो कार्यक्षेत्रमा ९९ प्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न भइ सकेको र निर्माण सम्पन्न भएका घरहरुको सम्पन्नता प्रतिवेदन सम्बन्धित पालिका मार्फत कार्यक्रम संचालन भएका ४२ वडाहरुमा हस्तान्त्रण गरेको छ । यस जिल्लामा कायम भएका लाभगाहीहरु मध्ये जम्मा २६,९१२ सुरक्षित आवास पुननिर्माणमा सहजिकरण गर्ने जिम्मा पाएको उक्त परियोजनाले हालसम्म २६,७५७ घरधनी एवम् सम्बन्धित पालिकालाई सम्पन्नताको प्रतविदेन हस्तान्त्रण गरेको छ । नेपाल आवास पुनर्निर्माण परियोजनाले आरुघाट गाँउपालिकामा १८३६ घर, अजिरकोटमा ९६१, धार्चेमा १९९१, गण्डकीमा २२६७, गोरखा नगरपालिकामा ६६८२, पालुंगटार नगरपालिकामा ७५१८, शहिदलखन गाँउपालिकमाा २०४० र सिरानचोक गाँउपालिकामा ३४६२ घर भुकम्प पश्चात निर्माण सम्पन्न भएको प्रतिवेदन पेश गरेको छ । भूकम्प प्रभावित घरधनीलाई भूकम्प प्रतिरोधी घरनिर्माण भएको प्रमाण स्वरुप सम्पन्नताको प्रतिवेदन दिईएको एवम् पालिकामा संस्थागत अभिलेखीकरण लागि सम्बन्धित पालिकामा समेत बुझाइएको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले जानकारी दिनुभयो । पुनर्निर्माण सम्पन्नता प्रतिवेदन पालिकाहरु मार्फत सम्बन्धित वडा कार्यालयमा भूकम्प प्रतिरोधी घर निर्माण सम्पन्न भएको अभिलेखीकरण स्वरुप प्रतिवेदन बुझाइएको खतिवडाले बताउनुभयो । परियोजनाको सामाजिक प्राविधिक सहजिकरणमा सुरक्षित आवास निर्माण सम्पन्न भएको प्रतिवेदन भूकम्प प्रतिरोधी घर निर्माण भएको दस्तावेजका रुपमा रहने भएकाले यसको महत्वपुर्ण भूमिका रहको स्थानीय पालिकाका पदाधिकारीको भनाई छ । प्रशासनिक, सामाजिक एवम् प्राविधिक रुपमा सूक्ष्मस्तर सम्म गई सहजिकरण गरेर सम्पन्नता प्रतिवेदन बुझेको धार्चे गाँउपालिकाका अध्यक्ष सन्तोष गुरुंगले बताउनुभयो । यस्त, शहिदलखन गाँउपालिका अध्यक्ष रमेशबाबु थापा मगरले भन्नुभयो, ‘प्रतिवेदनले भूकम्प प्रभावित घरधनीलाई सुरक्षित आवास निर्माण गरेको प्रतिवेदनमा स्पष्ट रुपमा उल्लेख गरेकाले परियोजना भूमिकाको प्रशंसनीय रहेको छ’ । यस्तै, गोरखा नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष डिल बहादुर थापा मगरले परियोजनाको सामाजिक प्राविधिक सहजिकरणले सुरक्षित आवास पुनर्निर्माणमा सहज भएको तथा सहजिकरणले किस्ता निकासा प्रक्रिया थप सहज भएको बताउनुभयो । सिरानचोक वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष गुरुंगले प्रतिवेदनमा सुरक्षित आवास सम्पन्न गरेको लाभग्राहीको विवरण विस्तृत रुपमा दिइएको बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.