Skip to main content

Gorkha Sansar

बन्दिपुरमा संचालन भएकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा पवित्रा माविलाई १९ स्वर्ण पदक प्राप्त

तनहुँकाे बन्दिपुरमा संचालन भएकाे राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा पवित्रा मावि १९ स्वर्ण, ६ रजत र ४ काश्य पदक प्राप्त गरि उत्कृष्ठ बन्न सफल भएकाे छ ।
प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ४ काश्य पदक प्राप्त गरि मनास्लु बाेर्डिङ स्कुल दाेस्राे र ३ स्वर्ण, ६ रजत र १० काश्य पदक प्राप्त गरि भानु माविले तृतिय स्थान हासिल गरेकाे शिक्षा शाखा प्रमुख बिष्णु खत्रीले जानकारी दिनुभयाे ।
गाउँ पालिका भित्रका ८ वटा माध्यमिक विद्यालयकाे सहभागिता रहेकाे साे प्रतियाेगितामा २ स्वर्ण, २ रजत र ४ काश्य पदक प्राप्त गरि बिष्णु मावि चाैंथाे बनेकाे छ भने १ स्वर्ण, ८ रजत र ३ काश्य पदक प्राप्त गरि शिव माविले पाँचाैं स्थान प्राप्त गरेकाे छ । त्यस्तै कालिका माविले २ रजत र ३ काश्य पदक प्राप्त गरि छैठौं , नाेट्रेडेम बाेर्डिङ स्कूलले २ रजत र १ काश्य पदक प्राप्त गरि साताैं र अरुण माविले १ रजत र १ काश्य पदक प्राप्त गरि आठाैं स्थान हात पारेकाे गाउँपालिकाले जनाएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.