२४ चैत । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाइको नयाँ कार्यसमिति पहिलो पटक निर्वाचनबाट चयन हुने भएको छ। आज भएको संघको ११ औं अधिवेशनमा सभापति पद दाबी गर्दै २ जनाले उम्मेदवारी दर्ता गरेपछी निर्वाचन हुने भएको हो। दुबै पक्षले प्यानल नै बनाएर चुनाबी भिडन्तमा लागेका छन्। स्रोतले दिएको जानकारी अनुसार कांग्रेस निकट व्यवसायीको तर्फबाट रत्न कुमार श्रेष्ठको नेतृत्वमा उम्मेद्वारी दिइएको छ भने एमाले समर्थकको तर्फबाट दिपक कोइरालाको नेतृत्वमा उम्मेदवारी दिइएको छ। यस्तै उपसभापतिमा भगवान् श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा गोविन्द श्रेष्ठ र दिपक वावु थापाको उम्मेदवारी परेको छ। सदस्यहरुमा किसान श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, रेजिना श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, राज कुमार श्रेष्ठ, सुभाष मिश्र, गोविन्द अधिकारी, राम सरण कोइराला, किरण आले, अर्जुन श्रेष्ठ, टिका के सी, आरती थापा, तुलसी पौडेल खनाल, घनश्याम पराजुली, गोवर्धन वि.क.को उम्मेदवारी परेको छ। यसैगरी जिल्ला जिल्ला प्रतिनिधिमा उदिप श्रेष्ठ र मधराम श्रेष्ठ निर्विरोध भएका छन्। निर्वाचन आजै गर्ने तयारी भैरहेको छ।
थप समाचार
-
नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित, एसिया-प्रशान्त क्षेत्रबाट सर्वाधिक मत प्राप्त
गोर्खा संसारOctober 14, 2026काठमाडौँ / नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् (UNHRC) को सन् २०२७-२०२९ कार्यकालका लागि भारी मतका साथ सदस्यमा निर्वाचित भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्... -
विकासका लागि ऊर्जा -डा. नरविक्रम थापा
गोर्खा संसारOctober 13, 2026ऊर्जालाई काम गर्न वा परिवर्तन गर्नको लागि क्षमता भनेर परिभाषित गरिन्छ। यो ब्रह्माण्डका लागि मौलिक र विभिन्न रूपहरूमा विद्यमान छ, जस्तै गतिशील (गति), संभाव्य (सञ्चित), थर्मल (तातो),... -
अर्थतन्त्र सुस्त तर प्रगतिपथमा भएको अर्थसचिव उपाध्यायको दावी
गोर्खा संसारSeptember 20, 2026काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपम... -
तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ
गोर्खा संसारSeptember 20, 2026कास्की, ३ असोज । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरूको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका कार्यकारी सम्पाद... -
सिरान्चोकमा बुलेरो दुर्घटना : ८२ वर्षीय लालु थापाको मृत्यु, ८ जना घाइते
गोर्खा संसारSeptember 20, 2026गोरखा । सिरान्चोक गाउँपालिकामा डबल क्याब बुलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन्। सिरान्चोक गाउँपालिका–अन्तर्गत भच्चेक–सिम्लेबाट चोरकाटेत... -
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र...