Skip to main content

Gorkha Sansar

हिमालय एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना !!!!!

हिमालय एयरलाईन्सको चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना !!!!!
————————————-
हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति १८ जुन २०२० मा उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासले तयार गरी हिमालय एयरलाईन्सको दम्माम स्थित कार्यलयमा पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।
हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १,७४४.००)
हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 ईमेल ठेगाना: subash.timilsina@himalaya-airlines.com मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला । अन्य विषयमा कुनै सहयोग आवश्यक भएमा यस राजदूतावासका जनसम्पर्क अधिकारी श्री हरि घिमिरे (Mob. No. 0500081536) लाई सम्पर्क गर्नुहुन समेत अनुरोध छ।
COVID-19 टेष्ट सम्बन्धमा
COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।
Dammam

Health Care Polyclinic (CR No. 2050110244)
Rihan Hajiameen, Operation Manager
Mob: +966549726585
Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center, Dammam 32242 KSA
परीक्षण शुल्क: SAR 160.00

Jubail

Gulf Asian Medical Center
(Department of Laboratory Medicine)
Telephone: +966 03 3627121
Email: info@gulfasianhealthcare.com
Website: www.gulfasianhealthcare.com
Address: King Abdulaziz Road, P.O.box1714,
Jubail City 31951, KSA
परीक्षण शुल्क: SAR 132.00

(यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।)

नोट: स्वदेश फर्किने सबैजनाले विमानमा चढ्नुपुर्व कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनि कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।
——————————–
नेपाली राजदूतावास, रियाद ।
०१ असार २०७७

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.