Skip to main content

Gorkha Sansar

लकडाउनको समयमा ‘रोड चिटिक्क’ पार्न सडक विभाग

दैनिक लाखौंको संख्या सवारीसाधन आवतजावत गर्ने काठमाडौका मुख्य सडक लकडाउनका कारण सुनसान छन् भने यहि मौकामा डिभिजन कार्यालयले जेब्रा क्रसीङ, राेड र लेन मार्किङकाे काम गरिरहेकाे छ ।अहिले सवारिसाधनकाे चापबाट सडकले मुक्ति पाएकाे छ । त्यस्तै सडकहरु उज्याला र चम्किला देखिन थालेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि पहिलाे पटक चैत्र ११ गते एक साताका लागि लकडाउन जारी गरेकाे थियाे । सोही समयदेखी सडकमा थोरै जनशक्ति परिचालन गरेर गर्न सकिने काम गरिरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

पहिलो लकडाउनकाे समय सकिएपछि सरकारले पुनः रुपमा साता दिनको लागि लकडाउन घाेषाणा गरेको छ ।

लकडाउनका बेला सडकमा अत्यावश्यक बाहेक अन्य सवारी सञ्चालन गर्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरिरहेको छ ।

यता डिभिजन कार्यालयले भने कार्यालय मातहत पर्ने सडकमा रेखाको काम तिब्र गतिमा भइरहेको नेपालीले बताए ।

लकडाउनका समयमा करिब २ किलोमीटर सडकमा राेड मार्किङको काम गरेको डिभिजन कार्यालयका नेपालीको भनाइ छ ।

‘१० स्थानमा जेब्रा क्रसीङ बनायौं’ भने, ‘कोरोना भाइरसका कारण समुहमा काम गर्न नमिल्ने भएर कालोपत्रेको काम स्थगित छ ।’

उनका अनुसार बालुवाटार , महाराजगन्ज , थापाथली , माइतीघर क्षेत्रमा जेब्रा क्रसीङ गरेको र त्यसको दायाँबायाँको सडक मार्किङ गरिएका छन्।

देशमा लकडाउन हुनु अघि कार्यालयले काठमाडौंको स्रोहखुट्टे-बालाजु र ललितपुरको पुल्चोक लगायत उपत्यकाभित्रका खाल्डा पुर्ने र ओभर ले को काम भइरहेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.