Skip to main content

Gorkha Sansar

मानुङकोट हाइकिङका लागि गएका चार किशोरी बाटो बिराएर अलपत्र परेपछि प्रहरीद्वारा सकुशल उद्धार

दमौली, तनहुँ — तनहुँको व्यास नगरपालिका–५, ढोडेनीस्थित जंगलमा मानुङकोट हाइकिङका लागि गएका चार किशोरी बाटो बिराएर अलपत्र परेपछि प्रहरीले उनीहरूको सकुशल उद्धार गरेको छ।

शनिबार दिउँसो करिब १ः१० बजे चार किशोरी जंगलमा बाटो बिराई अलपत्र परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट तत्काल उद्धार टोली परिचालन गरिएको थियो।

प्रहरी सहायक निरीक्षक दिपा केसीको कमाण्डमा महिला प्रहरीसहित १० जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। टोलीले जंगल क्षेत्रमा खोजतलास गरी अलपत्र परेका चारै किशोरीलाई सकुशल फेला पारी उद्धार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

उद्धारपछि चारै जनालाई सुरक्षित रूपमा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

मानुङकोट आन्तरिक पर्यटक तथा हाइकिङका लागि लोकप्रिय गन्तव्यका रूपमा परिचित रहेकाले जंगल तथा अपरिचित पदमार्गमा यात्रा गर्दा समूहबाट नछुट्टिन, मोबाइल सम्पर्कको व्यवस्था मिलाउन र आवश्यक परे स्थानीय वा सुरक्षाकर्मीको सहयोग लिन प्रहरीले आग्रह गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.