Gorkha Sansar

चेपे–मस्याङ्दी दोभानमा सरसफाइ र वृक्षारोपण अभियान हुँदै, सहभागिताका लागि सबैमा आह्वान

Chepe Dovan

गोरखा, असार १५।
लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा पालुङटार नगरपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चेपे–मस्याङ्दी दोभान क्षेत्र र मन्दिर परिसरमा यही असार २० गते शनिबार बिहान ८:३० बजे सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना हुने भएको छ।

संघले पालुङटार नगरपालिकाको नगर कार्यपालिका कार्यालयको सहयोग तथा वडा नं. ५ कार्यालय, इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, स्थानीय टोल विकास संस्था, महिला समूह र युवा क्लबहरूको सहकार्यमा कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको चेपे–मस्याङ्दी दोभान क्षेत्रलाई स्वच्छ, हराभरा र आकर्षक बनाउने उद्देश्यले आयोजना गरिएको यस अभियानमा स्थानीय संघ–संस्था, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, युवा, महिला समूह तथा सम्पूर्ण स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि संघले अनुरोध गरेको छ।

लिगलिग पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष मानबहादुर आले मगरले वातावरण संरक्षण, पर्यटन प्रवर्द्धन र सामुदायिक एकताको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै सबै सरोकारवाला पक्षको उत्साहजनक सहभागिताले अभियानलाई सफल बनाउन आग्रह गरेका छन्।

कार्यक्रम विवरण:

मिति: २०८३ असार २० गते, शनिबार
समय: बिहान ८:३० बजे
स्थान: चेपे–मस्याङ्दी दोभान क्षेत्र तथा मन्दिर परिसर, पालुङटार नगरपालिका–५, गोरखा

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.