तनहुँ –
तनहुँ जिल्लाबासी प्रवासी नेपालीहरूको संस्था तनहुँ समाज हङकङले गम्भीर रोगबाट पीडित तीन जना बिरामीलाई आर्थिक सहयोग गरेको छ।
समाजले उपचारमा आर्थिक अभाव भएका तनहुँका तीन जना गम्भीर बिरामीलाई जम्मा रु. ५ लाख ७६ हजार सहयोग रकम सुक्रबार दमाैलीमा एक कार्यक्रम गरि हस्तान्तरण गरेको हाे । तनहुँकाे ऋषिङ ८ पल्ट्याङ निवासी साेमबहादुर नेपालीकाे छाेरा १० वर्षका सुदिप नेपाली , ऋषिङ ८ निवासी दुर्गाबहादुर थापाकी श्रीमती ६५ वर्षकी बिसरा थापा र बन्दिपुर ४ का भाेमाया गुरुङका ४६ वर्षका दुबै मृगाैला फेल भएका सुकबहादुर,गुरुङकाे परिवारलाई जनही १ लाख ९२ हजारका दरले सहयाेग रकम हस्तान्तरण गरिएकाे हाे ।
सुदिप र बिसरा क्यान्सर पिडित हुनुहुन्छ । उहाँहरुकाे विपि काेईराला क्यान्सर अस्पताल भरतपुरमा उपचार भैरहेकाे पारिवारिक स्राेतले जनाएको छ ।
समाजका हेम थावा मगर अपरिचितकाे संयाेजकत्वमा सहयाेग रकम संकलन गरिएकाे पूर्व अध्यक्ष भिमराज गुरुङले जानकारी दिनुभयाे ।
सहयाेग रकम हस्तान्तरण कार्यक्रममा तनहुँ समाज हङकङका कर्णबहादुर नेपालीले सानाे रकम भएपनि आफ्नाे जन्मभूमिका विभिन्न राेगबाट पिडित नागरिकलाई सहयाेग गर्न सकेकाेमा सम्पूर्ण दाताहरु प्रति आभार ब्यक्त गर्नु भयाे । कार्यक्रममा पूर्व अध्यक्षद्वय भिमराज गुरुङ र जंगबहादुर मगर , पूर्व सल्लाहकार एवं आजिवन सदस्य शेरबहादुर मल्ल , बन्दिपुर गापाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङ लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
प्रवासमा रहेका तनहुँवासीले मातृभूमिका दुःखीपीडितको सहयोगका लागि यो अभियान निरन्तर चलाउने बताएका छन्।
तनहुँ समाज हङकङद्वारा गम्भीर तीन बिरामीलाई रु. ५ लाख ७६ हजार आर्थिक सहयोग