गोरखाको पालुङटारमा अवस्थित ओशो कैलाश आश्रममा आज २०८३ साल जेठ २४ गते समुद्घाटन महाउत्सव कार्यक्रम आयोजना भएको छ।
कार्यक्रमको समुद्घाटन नेपालका प्रख्यात आध्यात्मिक गुरु तथा ओशोका अन्तरंग शिष्य बोधिसत्व स्वामी आनन्द अरुण को पावन चरणकमलबाट सम्पन्न हुने आश्रमले जनाएको छ। स्वामी आनन्द अरुण नेपालमा ओशो दर्शनको प्रवर्द्धन तथा ध्यान संस्कृतिको विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।
समुद्घाटन महाउत्सवमा ध्यान, सत्संग, आध्यात्मिक प्रवचन तथा विविध सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन गरिएको आश्रम का सञ्चालक स्वामी सुवास थापाले जानकारी दिनुभयो । आश्रमले आध्यात्मिक साधना, ध्यान र आत्मजागरणका माध्यमबाट शान्तिपूर्ण जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्य लिएको बताइएको छ।
कार्यक्रममा देशका विभिन्न स्थानबाट ध्यान साधक, ओशो प्रेमी तथा स्थानीय श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पालुङटारस्थित ओशो कैलाश आश्रममा समुद्घाटन महाउत्सव सम्पन्न