Gorkha Sansar

सांसदलाई फेरि स्वकीय सचिव सुविधा दिन रास्वपाको माग

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूको कार्यक्षमता र प्रभावकारिता बढाउन स्वकीय सचिवको सुविधा पुनः व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य ले सांसदहरूको क्षमता अभिवृद्धिमा राज्यले लगानी गर्नुपर्ने बताएका हुन् ।उनले सांसदहरूलाई सक्षम बनाउन स्वकीय सचिवको सुविधा अत्यावश्यक रहेको उल्लेख गर्दै यसलाई नीति तथा कार्यक्रममा समेट्न आग्रह गरे ।

यसअघि सांसदहरूले स्वकीय सचिव सुविधा पाउँदै आएका थिए । तर खर्च कटौती र मितव्ययिताको नीति अन्तर्गत तत्कालीन सरकारले उक्त सुविधा हटाएको थियो । त्यसबेला संघीय संसद्का पदाधिकारीहरूले समेत निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले पनि स्वकीय सचिवको पद पुनःस्थापना गर्नुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरिसकेको छ ।

समितिले स्वकीय सचिवको योग्यता र व्यवस्थापनसम्बन्धी मापदण्ड तय गरेर प्रक्रिया अघि बढाउन सुझाव दिएको भए पनि सरकारले हालसम्म कुनै निर्णय गरेको छैन ।यही सन्दर्भमा रास्वपाले सांसदहरूको प्रभावकारी कामकाजका लागि स्वकीय सचिव सुविधा पुनः लागू गर्नुपर्ने माग दोहोर्‍याएको हो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.